पक्राउ परेका चिनियाँलाई देश निकाला प्रक्रिया

Vianet

काठमाडौं, १४ पौष । नेपालमा आपराधिक कार्यमा संलग्न चिनियाँ नागरिकमाथि अनुसन्धान गरी मुद्दा चलाउने भन्दा देशबाट बाहिर पठाउने प्रक्रिया बढाइएको छ । उनीहरुलाई अदालतमा पुर्याएर म्याद थप गर्नेभन्दा जिल्ला प्रशासन कार्यालय लगेर म्याद थप गर्ने गरी अभियोग लगाइएको छ ।

Vianet

अभद्र व्यवहारको अभियोग लगाइएकाले जिल्ला प्रशासन कार्यालयमा इजलाश हुने व्यवस्था छ । त्यसका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा चिनियाँ नागरिकहरुलाई लगेर दश दिन म्याद थप गरिएको छ ।

प्रहरी स्रोतका अनुसार १२२ चिनियाँलाई चीन पठाउने कानुनी प्रक्रिया मिलाइँदैछ । उनीहरुलाई पठाइँदा विवाद नहोस् भनेर सबै कानुनी प्रक्रिया पुर्याइन लागेको हो । चिनियाँ विमान नै लिन आउने भनिएपनि अझै आइनसक्नुमा प्रक्रिया पुर्याउन समय लागेर हो ।

गत हप्ता राजधानीको विभिन्न स्थानमा छापा मार्दा एकैपटक १२२ चिनियाँ पक्राउ परेका थिए । उनीहरु संगठित अपराधमा सक्रिय रहेको तथ्य फेला परेपनि प्रहरीले अभद्र व्यवहारको अभियोग लगाएर अनुसन्धान गरिरहेको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री