इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री

Vianet

काठमाडौं, पुस २२ । इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।एकजना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उनले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन्।

Vianet

ती अमेरिकी सैन्य जेनेरलले लेखेको पत्रमा अमेरिकाले आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने उल्लेख गरिएको थियो।इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो।

अमेरिकी रक्षामन्त्रीले चाहिँ उक्त पत्र अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने बताए।अमेरिकी सेनाका एकजना वरिष्ठ सैन्य अधिकारीले पनि उक्त पत्रको भाषा नमिलेको र गल्तीले पठाइएको बताएका छन्। इराकमा इरानी सैन्य जेनेरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्योल सिर्जना भएको हो।एजेन्सी

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री