New from Nepal

१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना

एजेन्सी। इरानको राजधानी तेहरानमा युक्रेनीको जहाज दुर्घटनामा परेको छ।

१८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ।

इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि जहाज दुर्घटनामा परेको हो।

दुर्घटनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका भिडिओमा उक्त जहाज हल्लिँदै आएर जमिनमा बजारिएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *