साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने
२०८१ मंसिर २२ शनिवार
काठमाडाैं। सरकार बाहिर रहेर पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सघाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) पनि उपसभामुखको आकांक्षी देखिएको छ । प्रमुख प्रतिपक्षि नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल भने मौन देखिएका छन् । गत पुस २ गते सत्तारुढ दल नेकपा र राजपाबीच राष्ट्रिय सभा चुनावका लागि सहकार्य गर्ने सहमति भएसँगै उपसभामुखमा नेकपाले राजपालाई सघाउने सङ्केत देखिएको छ ।
सभामुखको उम्मेदवारी दर्ताका क्रममा सापकोटाको समर्थकमा राजपा नेता लक्ष्मणलाल कर्ण बस्नुले उपसभामुख राजपालाई दिने नेकपा र राजपाबीच भित्री सहमति भएको देखिन्छ । सभामुखको उम्मेदवार बनेका अग्नी सापकोटाको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा कर्णसहित देव गुरुङ र ओनसरी घर्तीमगर बनेका थिए । फरक दलबाट राजपा नेपाल सभामुखको समर्थक बनेपछि उपसभामुख उसैले लिने पक्का देखिएको हो ।
तर राजपा नेपालका महासचिव केशव झाले उपसभामुखका लागि नेकपासँग छलफल नभइसकेको बताए । दुवै दलबीच राजनीतिक विषयमा सहमतिका साथ अघि बढ्ने सहमति भएकाले उपसभामुखको विषयमा फरक दलकै हुनु पर्ने भएकाले राजपाले पाउने सम्भावना भने यथावत् रहने उनले बताए । सभामुखका उम्मेदवारलाई राजपाका नेताले समर्थन गर्नुले दुवै दलबीच आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न सकिने सन्देश दिएको महासचिव झाको भनाइ छ ।
सभामुख र उप–सभामुखमा फरक–फरक लिंग र फरक–फरक दल हुनुपर्ने संवैधानीक प्रावधान रहेकाले नेकपाबाट अग्नी सभामुख हुने पक्का भएपछि उप सभामुख फरक दल र महीला नै हुनुपर्ने अवस्था पनि सृजना भएको छ । अब १२ गतेको संसद् बैठकबाट सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको गृहकार्य अघि बढ्ने बताइएको छ ।
उपसभामुखमा राजपाको दाबेदारी रहने चर्चासँगै पार्टीभित्र कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने चर्चा पनि चल्न थालेको छ । सभामुख नेकपाबाट पुरुष हुने पक्का भएपछि फरक दल र फरक लिङ्गको आधारमा उपसभामुख अब महिला हुनु पर्नेछ । राजपाभित्र उपसभामुखको उम्मेदवारको रुपमा चन्दा चौधरी र अमृता अग्रहरीको नाम चर्चामा छ ।
उपसभामुख राजपाले पाउने निश्चित भए अग्रहरी भन्दा चौधरी नै उपसभामुखमा पार्टीबाट सिफारिस हुने सम्भावना रहेको राजपाका एक नेताले बताए । चौधरी पार्टी नेता महन्थ ठाकुर निकट रहेकाले सम्भावना उनैको देखिएको ती नेताको दाबी छ । तर अध्यक्ष मण्डलले निर्णय गरेर पठाउने भएकाले निर्णयपछि मात्रै त्यसबारे जानकारी हुनेछ ।
काङ्ग्रेस पनि उपसभामुखको दौडमा
प्रमुख प्रतिपाि दल नेपाली काङ्ग्रेस पनि उससभामुख पदको दौडबाट अछुत भने छैन । सभामुखमा उम्मेदवारी नदिएको काङ्ग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । उपसभामुख आफूले पाउने रणनीतिअनुरुप नेकपासँग काङ्ग्रेसले छलफल सुरु गरेको छ ।
मङ्गलबार मात्रै नेकपाका कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका थिए । भेटमा उपसभामुखमा काङ्ग्रेसलाई प्रस्ताव गर्न पौडेलले अध्यक्ष प्रचण्डसँग आग्रह गरेको बुझिएको छ ।
नेकपाले राजनीतिक संस्कार देखाउन भएपनि मुख्य विपक्षि दलललाइ उपसभामुख दिनुपर्ने काँग्रेसका नेता पौडेलले बताएका थिए । जवाफमा अध्यक्ष प्रचण्डले यसबारेमा पार्टीभित्र छलफल गरेर मात्रै अघि बढ्न सकिने जवाफ दिए । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उपसभामुखका लागि काङ्ग्रेसले उम्मेदवारी दिने बताएका छन् ।
माघ १२ गतेको संसद् बैठकले सभामुखको औपचारिक घोषणा गर्ने र सभामुखले सपथ लिएपछि बस्ने संसद् बैठकले उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।