निर्माणाधिन रगंशालामा मैदानको काम शुरु

२०७६ माघ १२ आइतवार
Newsdesk Shikharnews

चितवन /  चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रगंशालामा मैदानको काम शुरु भएको छ ।

१६ लाख लिटर पानी क्षमताको सेयर वाल ड्रेनेज ढलानको काम सकेर शनिबारबाट मैदानको काम शुरु भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए । शनिबारबाट शुरु भएको मैदानको काम ४ महिनामा सकिने धुर्मुसले बताए ।

‘सेयर वाल ड्रेनेज ढलानको काम सकेर हामीले मैदानको काम शुरु गरेका छौ उनले भने, ‘अबको ४ महिना भित्र मैदान निर्माण सम्पन्न गर्नेछौ।’ यस अघी साइट क्लियर नहुँदा समस्या भएको भन्दै उनले शनिबारबाट भने मैदानको काम शुरु भएको बताए ।

मैदान पूर्नका लागि आवश्यक माटोको पनि व्यवस्था भईसकेकोले अब काम रफ्तारमा अघी बढ्ने उनले बताए । भोलीबाट पाँचवटा टिपरले माटो तान्ने र डोजरले मैदान सम्याउने काम गर्ने उनले बताए । उनले माघ १९ गतेबाट शुरु हुने महायज्ञ अघी मैदानको आकार तयार भईसक्ने बताए ।

यस्तै शनिबारबाट नै प्याराफिटको काम समेत शुरु भएको धुर्मुसले जानकारी दिए । उनका अनुसार प्याराफिट अन्तर्गत पिलरको पीसीसी ढलानको काम शनिबार विधिवत रुपमा शुरु भएको छ । जग पहिले नै खनिसकेको र पीसीसी ढलानको काम भने शनिबारबाट शुरु भएको उनले बताए । उक्त प्याराफिट ३० हजार क्षेमताको हुनेछ ।

स्रोत व्यवस्थापन भएको खण्डमा २ बर्ष भित्र रगंशाला निर्माण सम्पन्न हुनेमा आफु ढुक्क रहेको उनको भनाई छ । ‘पहिले हामीले दुई बर्ष दुई बर्ष भन्यौ तर बीच बीचमा विविध कारणले काम रोकियो उनले भने, ‘तर आज म भन्छु स्रोत व्यवस्थापन भएको खण्डमा आजको मितीबाट दुई बर्ष भित्र रगंशाला ठडिन्छ ।’

Advertisement