कोरोनको प्रकोप : नेपालले चीनलाई दियो एक लाख मास्क

Vianet

२२ माघ : चीनमा कोरोना भाइरसको प्रकोपले महामारी सिर्जना भएको छ । भाइरसबाट विश्वनै त्रसित भएको छ । यसै क्रममा नेपालले चीनलाई एक लाख मास्क सहयोगको रुपमा दिएको छ ।

Vianet

शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई सहयोगको रुपमा मास्क प्रदान गरेका हुन्। परराष्ट्र मन्त्रालयले सहयोग स्वरुप एक लाख मास्क प्रदान गरेको जनाएको छ।

चीन अहिले नोवेल कोरोना भाइरसले ठुलो महामारी सिर्जना गरेको छ । डिसेम्बर अन्तिम सातादेखि वुहानबाट फैलिएको भाइरसका कारण बिहीबारसम्म ६ सय भन्दा बढीले मानिसले ज्यान गुमाई सकेको छ । यसबाट अहिले सम्म करिब ३० हजार भन्दा बढी मानिसहरु प्रभावित भएका छन् । मास्कको खपत बढेको कारण नेपाल छिमेकि मित्रको नाताले चीनलाई मास्क प्रदान गरेको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री