New from Nepal

चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह

शैलुङ क्षेत्र सेवा समाजका अध्यक्ष कमलप्रसाद चौलागाईंको नेतृत्वमा २० जनाको समूह इजरायलतर्फ हिडेको छ । इजरायलको हेल्पिङ ह्याण्ड कोलिएशन नामक संस्थाको अनुरोधमा चौलागाईको नेत्तृत्वमा उक्त टोली इजरायल हिडेको हो । इजरायलमा रहँदा नेपाली टोलीले त्यहाँको विभिन्न स्थानको भ्रमण गरी उद्योग, कलकारखाना तथा कृषी क्षेत्रको बारेमा विस्तृत जानकारी लिनेछ ।

देशभरिबाट छनोट भएका २० जनाको टोलीलाई वाग्मती प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेल, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल र रामेछाप जिल्लाका खेलकूद विकास समिति सदस्य सीताकुमारी खत्री (समिता केसी) लगायतले अन्तराष्ट्रिय विमानस्थल पुगेर बिदाई गरेका थिए । टोली इजरायलमा ७ दिनसम्म रहनेछ ।

शैलुङ क्षेत्र सेवा समाज रामेछापको समग्र विकासका लागि २०६९ मा स्थापना भएको संस्था हो । संस्थाले जिल्लामा कृषी तथा उद्योगका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।
तस्बिर सौजन्यः समिता केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *