साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने
२०८१ मंसिर २२ शनिवार
काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेर आफूलाई फसाउन खोजेको बताएका छन्। सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकारको दबाब र प्रभावमा परेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आरोप लगाएका थिए।
केन्द्रीय कार्यसमिति बैठकमा झण्डै एक घण्टा बोलेका गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको लिखित निर्देशनमा भौतिक योजनामन्त्रीको हैसियतमा आफूले प्रधानमन्त्रीको सरकारी निवास व्यवस्थित गर्ने गुरुयोजना बनाएर प्रस्ताव पेश गरेको बताएका थिए। ‘प्रधानमन्त्री माधवकुमार नेपालजीले प्रधानमन्त्रीको सरकारी निवास व्यवस्थित बनाउन गुरुयोजना बनाउनुस् भनेर लिखित निर्देशन दिनुभयो। भौतिक योजनामन्त्रीको हैसियतले गुरुयोजना बनाउन समिति बनाएँ,’गच्छदारले भनेका थिए, ‘समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीलाई बुझाएको हुँ। प्रस्ताव मन्त्रिपरिषद्मा अघि बढाएको हुँ । बाँकी मेरो कुनै संलग्नता छैन। मलाई पूर्वाग्रही ढंगले फसाउन खोजेको हो।’
बैठकमा गच्छदारले सरकारले कांग्रेसलाई कमजोर बनाउन अख्तियारलाई प्रभावमा पारेर आफूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको पनि बताए। उनले भने, ‘मलाई पूर्वाग्रही ढंगले फसाउन खोजेको हो । यो मलाई मात्रै नभएर कांग्रेसलाई कमजोर गराउनका निम्ति गरिएको हो।’
अख्तियारले गत बुधबार ललितानिवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले एउटै निर्णयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई उन्मुक्ति दिएर आप्mनो दलका नेताविरुद्ध पूर्वाग्रही ढंगले मुद्दा दायर गरेको भन्दै कांग्रेस संसद् र सडकमा एकसाथ आन्दोलित छ।
सोमबार केन्द्रीय कार्यसमिति बैठकले ललिता निवासको जग्गासम्बन्धी विषयमा अख्तियारले अदालतमा दायर गरेको अभियोग पत्र विरोधाभाषपूर्ण र दोहोरो मापदण्डयुक्त रहेको निष्कर्ष निकालेको छ। बैठकले उपसभापति गच्छदारमाथि अख्तियारले सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको पनि ठहर गरेको छ। कांग्रेसले अख्तियारको कदमविरुद्ध राजनीतिक रूपले प्रतिवाद गर्नेसमेत निर्णय गरेको छ।
‘ललिता निवासको जग्गासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैंमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ। यसले के प्रष्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्य राजनीतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रूपले प्रतिवाद गर्ने निर्णय गर्दछ।’
बैठकले अख्तियारले अदालतमा दायर गरेको मुद्दा उपसभापति गच्छदारले कानुनी रूपमा सामना गरेर आफूलाई निर्दोष सावित गर्ने पनि विश्वास गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कांग्रेसले बैठकमार्फत चीनको वुहानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ। कांग्रेसले उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असरबारे पनि सरकारलाई सजग गराएको छ। ‘देश फर्काएर राख्ने क्वारेन्टाइन सम्पूर्ण रूपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न पनि बैठक सरकारलाई विशेष रूपले सजग गराउँदछ,’ विज्ञप्तिमा कांग्रेसले भनेको छ।
कांग्रेसले पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या घटनालाई समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रूपमा लिँदै शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन र घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ।
कांग्रेसले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा वडा अध्यक्ष पदमबहादुर धामीको हत्या घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारबाही गर्न पनि माग गरेको छ । वडा अध्यक्ष धामी गत माघ २० गते मृत अवस्थामा फेलापरेका थिए।
कांग्रेसले सरकारविरुद्ध आन्दोलनको घोषणा गर्न बुधबार फेरि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल गरेर सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रम तय गरिने कांग्रेस केन्द्रीय सदस्य पौडेलले जानकारी दिए। सोमबारको बैठकमा कांग्रेसले सडक र सदनमा जारी राखेको आन्दोलनका विषयमा भने केही छलफल नभएको बताइएको छ।
उपसभापति गच्छदारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि कांग्रेसले तीन दिन प्रतिनिधिसभा बैठक अवरुद्ध गरिसकेको छ । भ्रातृ संगठनहरूले सडकमा प्रदर्शन गरेका छन्।