चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
पूर्व सचिव अर्जुन कार्कीपत्नी मुना कार्कीको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । पोष्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरका अनुसार उनको टाउकोमा घाउ देखिएको छ भने घाटीमा डोरिले बाधेको डाम देखिएको छ ।
‘पोस्ट मार्टमले मुनाको मुटुमा पनि रगत जमेको देखिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘शवको अध्ययन गर्दा कुटपिट गरेर, घाँटी कसेर हत्या गरेको देखिन्छ। भुइँमा टाउको बजारेको कारण मुटुमा रगत जमेको हो।’
सोमबार बिहान ललितपुरस्थित आफ्नै घरमा ४९ वर्षीया कार्कीको हत्या भएको थियो। घरमा काम गर्ने विजय चौधरीले समेत आत्महत्या गरेका कारण उनैले मुनाको पनि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पोस्टमार्टममा सबै कोणबाट अध्ययन गर्नुपर्ने भएकोले अझै एक दुईदिन पछि मात्रै बिस्तृत प्रतिवेदन प्रहरीलाई बुझाउने डाक्टरले बताएका छन्।