सन्दीपले लिए ६ विकेट, अमेरिका३५ रनमै स्तब्ध

२०७६ माघ २९ बुधवार
Newsdesk Shikharnews

काठमाडौं, माघ २९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । एकदिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोरको नकारात्मक कीर्तिमानलाई अमेरिकाले बराबार गरेको छ । बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेपछि अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो।

अमेरिकालाई धराशयी पार्ने क्रममा सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए।त्यस्तै सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए। अमेरिकाबाट ओपनर जेभियर मार्शलले २२ बलमा २ चौकासहित १६ रन बनाए।

Advertisement