जो मन्त्री आएपनि यामकुमारीबाट धुरुक्कै

२०७६ माघ २९ बुधवार
Newsdesk Shikharnews

काठमाडौं, २९ माघ । उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले पछिल्लो समय नेकपाको चाकडी गर्न कुनै कसुर बाँकी राखेकी छैैनन । उपसचिव हुदाँ देखि उद्योग मन्त्रालयमै जरा गाडेर रजगज गर्दै आएकी उनले मन्त्रालयका सानातिना निर्णय गर्नुअघि पनि त्यसको सुचना प्रधानमन्त्री कार्यालयलाई दिएर तालुकदार मन्त्रीलाई नै हैरान पार्ने गरेकी छिन् ।

मन्त्रालयमा बसेर सचिव खतिवडाले गर्ने सुराकी थाहा पाएपछि तत्कालिन मन्त्री मातृका यादवका उनीसँग कहिल्यै राम्रो सम्बन्ध भएन् । मन्त्री यादवको पद गुम्नुका पछाडी सचिव खतिवडाको पनि केही न केही हात रहेको बताएन्छ । अहिलेका उद्योगमन्त्री लेखराज भट्टलाई पनि खतिवडाले हैरान बनाएको बताइन्छ । अहिले पनि उनको सुराकीको काम थाहा पाएपछि मन्त्री भट्टले उनलाई सरुवा गरिदिन प्रधानमन्त्रीसमक्ष पटकपटक आग्रह गरिसकेका बुझिएको छ ।

मन्त्रीले धेरै कचकच गरिसकेपछि उनको प्रधानमन्त्री कार्यालयमै सरुवा गर्ने तयारी भएको थियो । तर उनले बरु महिला मन्त्रालय भएपनि जाने, मन्त्रालय बाहेका अन्त नजाने अड्डी कसेपछि महिला मन्त्रालयमा नै पठाउने तयारी बुझिएको छ । (बुधबारबाट)