सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क

२०७६ माघ २९ बुधवार
Newsdesk Shikharnews

काठमाडौं, २९ माघ । नेकपा नयाँ सत्ता सहयात्री सँग दुई तिहाई कायम हुनेगरी साझेदारीको दिन पर्खिरहेको छ । तर ,मन्त्री बन्न तयार भनिएको दलका नेताहरु यसबीच सुटुक्क दक्षिण तिर लागेका छन् । र यसैसँगै नेपालको राजनीतिक क्षितिजमा केही नयाँ नयाँ दृष्य पटाक्षेप हुने संम्भावना बढ्दो छ । संयोग वा पुर्वतयारी जे भए पनि नयाँदिल्ली को दृष्य यस्तो छ –विदेशी मामिला हेर्ने साउथ ब्लकमा नेपाललाई सामान्य आँखाले हैन, भित्र सम्मै देख्ने मानिसहरुलाई तैनाथ गरिएको छ ।

पहिला काठमाडौ बसेर माइक्रोलेभलमा यहाँको सबै पक्षसँग भिजीसकेका जासुस र परराष्ट्र कर्मचारीको टोलीलाई सेटिङ गरिएको हो । अहिले राजपालाई एकातिर सरकारमा सामेल हुनुपरेको छ भने अर्को्तिर मधेसी नेता उपेन्द्र यादवलाई विजय गच्छेदार जसरी ललिता निवासजस्तै काण्डमा परिएला भन्ने त्रास छ । उपेन्द्र यादव स्वास्थ मन्त्रालयमा रहँदा गरेका काम कारवाहीसम्बन्धि फाइल अख्तियारले खिचेको छ । उनका छोरामाथि समेत अनुसन्धान सोझिने तयारी छ । सँगसँगै गौर हत्याकाण्डको फाइल खुल्ने आशंकाले पनि त्रसित बनाएको छ ।

कस्तो दिन आयो भने अहिले नेकपाले सत्तासहयोगीका रुपमा तानातान गर्नेमा राजपा र उपेन्द्रले पनि पार्टी एकतामा लागि त्यही राजपालाई नै रोजेका छन् । राजपा नेताहरु चाही दिल्लीतीर दौडिएका छन् । अध्यक्ष मण्डलका राजेन्द्र महतो नेपाल वायुसेवा निगमको उडानबाट २२ फेब्रुअरीको साझँ ७ बजेर ७ मिनेटमा जाँवा दिल्ली उडेका छन् । उनी अझै फर्किएका छैनन् । शरदसिहं भण्डारी पनि स्थलमार्ग भएर पारी पसेको बुभिन्छ ।
राजपाको रणानिती छ , केन्द्रिय सरकारमा जाने तर २ नं प्रदेशको सरकार पनि यही प्याकेज अन्र्तगत गठन गर्ने कुरामा आनाकानी गर्ने । र यदि यसो गरियो भने तराईको राजनितीमा उपेन्द्र यादव र सिके राउत हावी हुने, नेकपासँगको सहकार्यका कारण आफू पछि पारिने आशंका । थाहा छैन, राजेन्द्रले दिल्लीलाई सम्झाएर आउँछन् की उतैको कुरा सम्झिएर ल्याउँछन् । (जनआस्था साप्ताहिकबाटबाट)