New from Nepal

निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउन जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन आयोगले आर्थिक वर्ष २०७५÷७६ गरेका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवन शीतल निवासमा ग्रहण गर्दै उहाँले निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सरिक गराउनेतर्पm विशेष ध्यान दिन तथा मतदानस्थल र केन्द्रको निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री तुल्याउन सुझाउनुभयो ।

उहाँले भन्नुभयो, “विशेषतः ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवतीका लागि मतदातामैत्री मतदानस्थल बनाउन आग्रह गर्दछु ।” राष्ट्रपति भण्डारीले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढ गर्न आयोगले निर्वाह गरेको भूमिकाको सराहना गर्दै उहाँले भौगोलिक विकटता रहे पनि कतिपय सम्पन्न एवं विकसित मुलुकको तुलनामा निर्वाचनमा नेपाली मतदाताको सहभागिता उल्लासपूर्ण रूपमा हुने गरेको सुखद् प्रसङ्ग स्मरण गर्नुभयो । “यद्दपि अझै बढी मतदाताको सहभागिता सुनिश्चित गर्न थप काम गर्नुपर्ने खाँचो छ,” राष्ट्रपतिले थप्नुभयो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी एकीकृत कानून तर्जुमा, आयुक्तको रिक्तता, बेरुजुको फछ्र्याेटको अवस्था, राजनीतिक दलको व्यवस्थापन, आयोगका जिल्लास्तरमा रहेका सङ्गठन संरचना, सङ्घीय संरचनानुसार प्रदेशस्तरमा निर्वाचन कार्यालयको आवश्यकता र निर्वाचन सूचना केन्द्रको स्थापना सञ्चालनबारे जानकारी दिनुभएको थियो ।

नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा आयोगको योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालीम, सूचना प्रविधि एवं प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन र वित्तीय स्रोत परिचालनलगायत विषय समेटिएका छन् । प्रस्तुत प्रतिवेदन संवैधानिक प्रक्रियाबमोजिम प्रधानमन्त्रीमार्पmत सङ्घीय संसद्मा पेश गरिने छ । त्यस अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोग तथा राष्ट्रपति कार्यालयका सचिव र राष्ट्रपतिका सल्लाहकारको उपस्थिति थियो ।

(https://goldchannel.net)

Leave a Reply

Your email address will not be published. Required fields are marked *