माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड

२०७६ फागुन १ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको बताएका छन् । बिहीबार २५ औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्‍यो भन्ने गरेको पनि खुलासा गरेका छन् । उनले स्मरण गरे,‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ ।

जनयुद्ध दिवसको अवसरमा आयोजित श्रध्दाञ्जली सभा । धुम्बाराही, काठमाडौं ।२०७६-११-१

Posted by क. प्रचण्ड / Comrade Prachanda on Wednesday, February 12, 2020

’दाहालले शान्ति सम्झौता होला भनेर धेरै नसोचेको पनि बताए । उनले शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि भएको चित्रण गरे । उनले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको पनि स्पष्ट पारे । उनले माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको सुनाए । उनले भने,‘यदि सही समयमा आन्दोलनलाई अवतरण नगराइएको भए समाप्त हुने थियो ।’ तस्विर : रासस