हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो

Vianet

काठमाडौँ । कोरोना अतिप्रभावित क्षेत्र चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याईएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई ६ वटा बस मार्फत नेपाली सेनाको स्कर्टिङसहित खरिपाटी लगिएको हो ।

Vianet

नेपाल एयरलाइन्सको चार्टर विमानबाट आज बिहान ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका १७५ जना नेपालीलाई विमानस्थलमा स्वास्थ्य परिक्षणपछि क्वारेन्टाइनमा लगिएको हो ।

उनीहरुलाई कम्तिमा १५ दिन क्वारेन्टाइनमा राखेर निगरानी गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको हुबेई प्रान्तबाट ल्याईएका नेपालीहरुलाई निगरानीमा राख्न भक्तपुरको विद्युत प्राधिकरणका ४ भवन खाली गराएर राखेको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री