महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो

२०७६ फागुन ५ सोमवार
Newsdesk Shikharnews

काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंबाट बलात्कार प्रयासको मुद्दामा निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आजै रिहाई गरिने भएको छ । त्यसको लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ । उनलाई रिहाई गर्नको लागि अदालत परिसरबाट डिल्लीबजार कारागारतर्फ लगिएको छ ।

महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो । महरा रिहाई हुनेबित्तिकै उनलाई नेकपाका कार्यकर्ताहरुले भव्य स्वागतको तयारी गरेका छन् ।