New from Nepal

संचारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसकाे माग

काठमाडौं। संचारमन्त्रीले घुस मागेको अडियो सार्वजनिक भएपछि यस विषयमा चर्चा परिचर्चा चलिरहँदा यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले यस विषयमा विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्यमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता भइरहेको अनुमान यसअघि नै गरिएकोमा मन्त्रीको अडियोले त्यसलाई पुष्टि गरेको उल्लेख छ । वक्तव्यमा अडियो सार्वजनिक भइसकेको अवस्थामा मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको लागि सघाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

(ironman.greaterzion)

Leave a Reply

Your email address will not be published. Required fields are marked *