New from Nepal

आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अडियो रेकर्ड बाहिरिए पछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै विजय मिश्रविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

पूर्वमन्त्री बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका हुन् । मुद्दा दायर गर्दै उनले ट्विटरमा लेखेका छन् ‘म विरुद्ध लगाएका झुटा मुद्दा र लान्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज प्रतिनिधिमार्फत् जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।’’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडियो स्विस कम्पनी केबीए नोटासिसका स्थानीय एजेन्ट रहेका विजय मिश्रले सार्वजनिक गरेपछि यो विषय एकाएक तरंगित बनेको थियो ।

बाँस्कोटाले आफू निर्दोष रहेको र ६, ७ वटा अडियो जोडेर सार्वजनिक गरिएको आरोप लगाएका छन्। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनिसेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पनि उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको’ दाबी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *