विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता

२०७६ फागुन २० मंगलवार
Newsdesk Shikharnews

विश्वको सबैभन्दा गाह्रो परिक्षाको सूचीमा पर्छ सिस्को CISCO) प्रमाणपत्रको लागि लिईने परिक्षा । यो प्रमाणपत्रलाई ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा एजम् गरे सरह मान्यता प्राप्त छ । सुचना प्रविधिको राजधानी मानिने क्यालिफोनिर्यामा अवस्थित ‘सिस्को CISCO) एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनि हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाकालागि आवस्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उत्त प्रविधिलाई आवस्यकता अनुशार परिमार्जन गरि सँचालनमा ल्याउनका निम्ति विभिन्न चरणको परिक्षा लिई दक्ष जनशत्ति समेत उत्पादन गर्ने गर्छ ।

यस कार्यक्रमको सुरुको १३ वर्षमा अमेरिकाबाट ५ हजार १ सय १९ जना र भारतबाट ५ सय १२ जनाले यो प्रमाणपत्र पाएका थिए । यसै प्रणालीद्वारा सँचालित ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि ‘सिस्को सर्टीफाईड ईन्टरनेटवर्क एक्सपर्ट’CISCO) को प्रमाणपत्र पाउने पहिलो नेपाली हुन्– शुनिल कुमार झा ।

प्रस्तुत छ झासँग शिखरन्यूजले लिएकोे अन्तरवार्ताः

तपाईको प्रारम्भिक शिक्षा तथा पारिवारिक पृष्ठभुमी कस्तो थियो?
ड्ड पीताजी नेपाल प्रहरिमा हवल्दार हुनुहुन्थ्यो । मध्यमवर्गीय परिवार थियो हाम्रो । पहिले त प्राथमिक शिक्षा पाउन पहिले सर्लाहि कै बरहथवाको विद्यालयमा पढे । पछी मावी स्तरको शिक्षाकोलागि गोडैतामा अवस्थीत आवासिय विद्यालयमा भर्ना भए । मेरो जीवनको लक्ष्य त्यहिबाट कोरिन थालेको हो । गोडैता स्कुल राम्रो शिक्षा तथा अनुशासनकोलागि चर्चीत थियो त्यतीबेला । त्यसैले अध्ययन र अनुशासनको पाठ त्यहिबाट सिकेका थिए र पछीसम्म निरन्तरता दिने अभ्यास बस्यो।

बाल्यकालमा पढाई प्रतिको लगाव कस्तो थियो?
ड्ड मेरो बाल्यकाल पनि अरुजस्तै सामान्य थियो । यद्यपी म पढाईमा राम्रो भएकोेले सबैले माया गर्ने । अलीअली बदमासी त बाल्यकालमा हुने नै भयो । आदरणीय गुरु मुन्नर यादव यादवले सधै भन्नुहुन्थ्यो – “हुने विरुवाको चिल्लो पात” । सुरुमा त यस्को अर्थ नै बुझेको थिएन । तर पछीपछी बुझ्दै जादा मलाई पनि चिल्लो पात झैं बन्न मन लाग्यो । चन्चल स्वभावको भएपनि अध्ययनमा मेरो रुचि निकै गहिरो थियो । कुनैपनि विषयको गहिराईसम्म पुग्न चाहने जीज्ञासु स्वभाव थियो ।

यस्तो स्वभाव विकास हुनुमा पनि मेरो गुरुहरुकै योगदान छ । सामान्यतया उच्च शिक्षाकोलागि विदेश गएकाहरुले आफ्नो गुरु र गाँउ विर्सेको हामीले देख्दै आएका छौं । तर मैले उहाँहरुको गुण विर्सेको छैन । प्रत्येक वर्ष नेपाल आएर आफ्ना गुरुहरुलाई भेला गरि सम्मान कार्यक्रम गर्छु तथा वहाँहरुबाट आशिर्वाद लिने गरेको छु । त्यतीमात्र नभई गाँउका विपन्न विद्यार्थीहरुकोलागि विद्यालय नै सँचालन गरेर आफ्नो गाँउकोलागि नवीन योगदान दिदै आएकाछन् ।

सर्लाहिको सिमराबाट अमेरिकासम्मको यात्रा कसरि तय भयो?
ड्ड “वास्तवमा भन्नुपर्दा म यहाँसम्म आईपुग्छु भनेर सोचेको पनि थिएन । गाँउघरको वातावरण अध्ययनकोलागि आजको जस्तो सहज थिएन । शैक्षीक पुर्वाधारको कमी तथा विज्ञसम्म पहुँचको अभाव लगायतका थुप्रै अप्ठ्याराहरु थिए । तर परिवारबाट पाएको निरन्तर हौसला र मलाई पढाउनुभएका शिक्षकहरुको आशिर्वादले मलाई मेहनत गर्न उत्प्रेरित गरिरह्यो । भनिन्छ नि – सयौ कोसको यात्रापनि एक कदमबाट नै सुरु हुन्छ । मेरो यात्रामा पनि यो भनाई नै लागुभयो होला । आफुले अध्ययन गर्ने विषयम जहिलेपनि अब्बल हुनुपर्छ भन्ने प्रतिस्पर्धात्मक सोचको विकासपनि सानैदेखी विकास भएको थियो । त्यसैले मैले मेहनत गर्दैगए – हरेक सिढिहरु एकएक गरि पार गर्दै गए र ईश्वरको कृपाले मलाई यो लक्ष्यसम्म डोर्याएर ल्यायो” ।

आफ्नो सफलताको श्रेय केलाई वा कस्लाई दिनुहुन्छ?
ड्ड पुल्चोक क्याम्पसबाट ईन्जीनियरिङमा स्नातक गरेपछी अमेरिकालाई गन्तब्यको रुपमा रोज्नु नै मेरो सफलताको पहिलो खुड्किलो चढे जस्तो लाग्छ । “नेपालमै बसेको भए शायद यस विषयबारे जानकारी पनि पाउने थिएन । अमेरिका आईसकेपछी पनि सुरुको ५वर्षसम्म संघर्ष गर्नुपरेको थियो । खानबस्न तथा अध्ययन सामग्री किन्न पैसा चाहिन्थ्यो । घरबाट पैसा मगाउनु असम्भव थियो । त्यसैले कामगर्दै लगातार ५ वर्षसम्म अध्ययन गरे । कष्टकर थियो जीवन तर मैले लक्ष्यसम्म पुग्न अरु विकल्प देखिन । अरुजस्तै म पनि सहज बाटो रोज्न सक्थे तर त्यो मलाई स्विकार्य थिएन ।
भनिन्छ नि ‘होनहार दैव नटार’ । मैले सहज बाटो रोजीन र परिक्षाभन्दा अघी २ महिनासम्म दैनिक १२ घण्टासम्म प्रयोगशालामा बसेर अभ्यास गरेपछी मात्र यो प्रमाणपत्र पाउन सफल भएको थिएं” । परिश्रमका साथै मलाई पढाउनुहुने गुरुहरु तथा परिवारलाई श्रेय दिन्छु ।

नेपालमा यस्तो प्रणाली स्थापना गर्न तथा नेपालमा थप योगदान दिन के कस्तो योजना छ?
– यो व्यत्तिगत स्तरबाट गरिने विषय हैन । नेपाल सरकारको तर्फबाट नै ठोस योजना सहित आवस्यक बजेटको व्यवस्था भए दक्षहरुको एउटा टोली नै गठन गरि गृहकार्य गर्ने हो भने सम्भव छ । सुचना प्रविधिमा अझैपनि नेपाल बामे सर्दै छ । त्यसैले नेपालकोलागि यो निकै फलदायी हुन सक्छ । नेपालमा विज्ञको अभाव मात्र नभई सुचना प्रविधिको विकासको विषयमा सरकारको ध्यान अझैपनि पुगेको देखिदैन । नत्र सुचना प्रविधि जनशक्ति उत्पादन मात्र नभई हरेक दृष्टिकोणले विश्वशक्ति बन्ने प्रतिसपर्धामा रहेको भारत र चिनको बिचमा अवस्र्थीत नेपालले निकै लाभ लिनसक्ने सम्भावना छ । तर यसकोलागि ठोस योजना सहित विभिन्न देशसँग सहकार्य तथा राजनितिक अवरोध रहित वातावरण आवस्यक छ ।

नेपालमा बसेर तपाईजस्तै सपना देखिरहेका युवाहरुलाई के भन्न चाहनुहुन्छ?
ड्ड व्यक्तिगत रुपमा नेपालबाट पनि यस्तो विषय अध्ययनकालागि तालिम दिने तयारि गर्दै छु । चौतर्फी सहयोग पाए सफल पनि हुने मेरो विश्वास छ । विश्वको जुनसुकै कुनामा बसेर सपना देखेपनि कडा परिश्रम नगरि सफलता हात पार्न सकिदैन । सहि गन्तब्य रोजेर निरन्तर अभ्यास एउटा मात्र बाटो हो । यहाँसम्मको भोगाई तथा अवसरहरुको सम्पुर्ण विवरण सहित एउटा किताब प्रकाशित गर्दैछु । यसै वर्षको अन्त्यमा आउने उत्त किताब मार्फत मैले यस विषयबारे प्रकास पार्नुकासाथै मेरो भावी योजनाहरु पनि सार्वजनिक गर्नेछु ।

Advertisement