काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण

२०७६ चैत १० सोमवार
Newsdesk Shikharnews

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा एक जना कोरोना संक्रमित बिरामी भेटिएको जनाएको छ । उनी नेपाली नागरिक नै हुन् । सोमबार दिउँसो आयोजित आकस्मिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री ढकालका अनुसार ती संक्रमित १९ वर्षकी नेपाली विद्यार्थी हुन् । उनी फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । उनलाई थप उपचारको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखिएको छ । उनको पूरै परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।