लकडाउन टिप्सः ॐ उच्चारण गर्नुस् यस्ता छन् फाइदा

२०७६ चैत १७ सोमवार
NewsDesk ShikharNews

ॐ अर्थात ओम । यसलाई ओमकार वा प्रणव पनि भनिन्छ । एउटै शब्द जसले सम्पूर्ण ब्रम्हाड समेटेको छ । ॐ बौद्ध, हिन्दु, जैन, सिख लगायतका धर्ममा एक पारम्पारिक प्रतिक र पवित्र ध्वनीको रुपमा प्रकट हुन्छ । ॐ लाई कुनै पनि धर्मको खोज वा निजी होइन । यो सार्वभौमिक छ र यसमा नै पुरा ब्रम्हाण्ड छ ।

ओमलाई प्रथम ध्वनी मानिन्छ । के भनिन्छ भने ब्रम्हाण्डमा भौतिक निर्माण अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो, त्यो ओमको गुञ्जन थियो । यसैले ओमलाई ब्रम्हाण्डको आवाज पनि भनिन्छ ।

ॐ उच्चारणका  फाइदा
थाइराइडको समस्या छ भने ॐ को उच्चारण गर्नु लाभदायक हुन्छ । ॐ उच्चारण गर्दा घाँटीमा हुने कम्पनले थाइराइड ग्रन्थिमा सकारात्मक प्रभाव पार्छ र समस्या हटाउन मद्दत गर्छ । ॐ को उच्चारणबाट स्वरयन्त्र तथा घाटीको मांसपेशी मजबुत हुन्छ । बढ्दो उमेरमा यो थप फाइदाजनक हुन्छ, नियमित अभ्यास गरिहेर्दा यसको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।

ॐ को नियमित उच्चारणबाट पैदा हुने कम्पनले स्वरयन्त्रका साथै साइनसमा समेत प्रभाव पार्छ ।

आत्तिने, डराउने वा तर्सिने समस्या भए त्यस्तो भएको बेलामा आँखा बन्द गरेर ५ पटक गहिरो सास तान्दै ॐ को उच्चारण गर्ने हो भने नसोचेको फाइदा प्राप्त हुन्छ ।

तनाव भएको बेलामा ॐ को उच्चारण गर्नु फाइदाजनक हुन्छ । ॐ को उच्चारण गर्दा शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ, शरीरमा कुनै टक्सिन बाँकी रहादैन र तनाव टाढा भाग्छ ।

ॐ को नियमित उच्चारणले रक्त प्रवाह सुचारू बनाएर मुटुलाई स्वस्थ बनाइराख्छ ।

ॐ को नियमित उच्चारणले पाचन प्रणाली बलियो बनाउाछ ।

ॐ को नित्य उच्चारण गर्दा शरीरमा सदैव युवावस्थाको जस्तो स्फूर्ति आइरहन्छ ।

थकान हटाउनका लागि ॐ को उच्चारण गर्नुजस्तो सहज एवं प्रभावकारी उपाय अर्को छैन ।

अनिद्राको समस्या छ भने सुत्नुअघि केहीबेर ॐ को उच्चारण गर्नु प्रभावकारी उपाय हुनसक्छ । तसर्थ ओछ्यानमा ग्एपछि ॐ को उच्चारण गर्नुपर्छ ।

ॐ को नियमित उच्चारण गर्दा फोक्सो स्वस्थ रहन्छ ।

सुखासन वा पद्मासनमा सीधा बसेर ॐ को उच्चारण गर्दा हुने कम्पनले मेरूदण्डको हड्डी मजबुत बनाउाछ ।

ॐ को नियमित उच्चारण गर्दा तौल नियन्त्रित हुन्छ ।