नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने

२०७६ चैत २९ शनिवार
NewsDesk ShikharNews

विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत भुक्तानी सुविधा दिदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) अब कनेन्ट आइपिएसबाट पनि तिर्न सकिने भएको छ । कनेन्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत् घरमै बसीबसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइफले जनाएको छ ।

नेपाल लाइफको विभिन्न शाखा/उपशाखामा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीलाई कनेन्ट आइपिएसबाट अनलाइन भुक्तानी गर्दा समयको बचन हुनुका साथै सहज पनि हुने कम्पनीको भनाई छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेट इसेवा, प्रभु पे लगायतबाट पनि भुक्तानीको सुविधा दिइरहेको छ । त्यस्तै फोन पेमार्फत आफ्नो बैंक खाता कनेन्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैकिंग मार्फते पनि अनलाईन सेवा दिदै आएको छ ।