पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए
२०८० असोज १४ आइतवार
सुरज खड्का
पछिल्लो आधा दशकदेखि नेपालमा युट्युवको क्रेज थामिनसक्नु भएको छ । युट्युवमा विभिन्न विषयका भिडियो बनाएर अपलोड गर्नेहरु छ्यापछ्याप्ती छन् आजभोली । युट्युवमा भिडियो हालेर लोभलाग्दो ख्यातीसँगै आम्दानीमा पनि मालामाल छन् युट्युवरहरु यतिबेला । युट्युवबाट आम्दानी राम्रै हुन थालेपछि पछिल्लो समय बोल्न सक्ने, कन्टेन्टको खोजी र डिजाइन गर्न सक्ने हजारौ युवायुवती च्यानल खोलेर युट्युवमा भिडियो हाल्न थालेका छन् ।
युट्यूवमा भिडियो हाल्नेमा नाम कलाकार, पूर्व मिस नेपाल, पत्रकारदेखि सामान्य युवायुवतीहरु पनि उत्तिकै छन् । सिसन बानियाँ, पूर्व मिस नेपाल श्रृंखला खतिवडा, उत्सव रसाइली, अनुप भट्टराई, भाग्य न्यौपाने, शिशिर भण्डारी, विश्व लिम्बु लगायतका नाम अहिले युट्युवमा नेपाली भिडियो हेर्ने दर्शकका लागि परिचित नाम हो ।
कति हुन्छ कमाई ?
युट्युवमा नियमित भिडियो हाल्ने र राम्रो भ्यूज जाने च्यानलबाट रामै आम्दानी हुने युट्युवर उत्सव रसाइलीले बताए । रमाइलो छ डटकम अनलाईन समेत चलाइरहेका उनले युट्युवमा भिडियो अपलोड गर्नकै लागि पुतलीसडकको स्टार मलमा अफिस समेत राखेका छन् । रेडियो, अनलाइन हुँदै युट्युव च्यानल सुर गरेका उत्सवले सुरुवाती केही समेम मज्जाको टीभीमा काम गरे । करिब १ वर्ष मज्जाको टीभीमा काम गरेपछि युट्युवमा रमाइलो छ नाउँको च्यानल बनाएको उनले सुनाए ।
चलचित्र र संगीत क्षेत्रसँग सम्बन्धित उनले गरेको रमाइला र अनौपचारिक भिडियोलाई दर्शकले रुचाए । १ वर्षमै उनले २ लाखभन्दा बढि सब्सक्राइबर पनि बटुले । युट्युवको कमाईले सन्तुष्ट देखिएका उनी भन्छन् ‘ यसैबाट स्टारमा अफिस र स्टाफको २ लाख रुपैयाँभन्दा बढिको मासिक खर्च मज्जाले पुगेको छ । ’ युट्युवको आम्दानीको बारेमा खासै नखुले पनि प्रत्येक महिना ३ लाख रुपैयाँ भन्दा बढि नै कमाई भइरहेको उत्सवले सुनाए ।
चार लाख सब्सक्राइबर पुग्न लागेको च्यानल न्यूज फिल्मीका सञ्चालक हु्न् अनुप भट्टराई । उनको च्यानल पनि धेरै भ्यूज हुने च्यानल मध्ये एक हो । कन्टेन्टमा अनुपले अन्य धेरै च्यानलभन्दा अलि बढि नै मेहनत गर्ने गरेका छन् । उनको च्यानलले पनि हरेक महिना ३ लाख रुपैयाँभन्दा बढि कमाइरहेको छ । अनुप भन्छन् ‘ कमाईसँगै भिडियो बनाउँनका लागि पनि राम्रै खर्च भइरहेको छ ।’ भिडियो बनाउनका लागि देशका विभिन्न स्थानमा पुग्ने गरेकाले पनि आफ्नो प्रोडक्सन खर्च धेरै रहेको उनले दावी गरे ।
कुनै कुनै महिना आफ्नो च्यानलको कमाई ५ लाख रुपैयाँभन्दा माथि जाने समेत अनुपको भनाई छ । च्यानलको कमाईको बारेमा उत्साहित हुँदै उनले भने रवी लामिछाने पक्राउ प्रकरणका बेला त मेरो च्यानलको भिडियोको भ्यूज अचाक्ली नै बढ्यो, ५ दिनमै ६०, ७० लाख भन्दा बढि भ्यूज पुग्यो ।’ रवी लामिछाने प्रकरणको बेला च्यानलको मासिक आम्दानी ५ लाख नाँघेको उनले बताए ।
युट्युवर शिशिर भण्डारीको च्यानल पनि युट्युवमा राम्रो कमाई गर्ने च्यानल हो । १४ लाख भन्दा बढि सब्सक्राइबर भएको उनको नयाँ नयाँ न्यूज नेपाल’मा उनले कलाकारको अन्तरवार्ता, विभिन्न समस्यामा परेकाहरुको कथा सहित विविध समसामयिक भिडियो हाल्ने गर्छन् । भण्डारी युट्युव हेर्ने नेपाली दर्शकमाझ समस्यामा परेकाहरुको उद्दारकको रुपमा समेत परिचित छन् । उनले विभिन्न समस्या परेका सर्वसाधारणको बारेमा बनाएको भिडियोबाट प्रभावित भई देशविदेशमा बस्ने नेपालीहरुले सहयोग रकम पठाउने गर्छन् र त्यसरी जम्मा भएको रकम पीडितसम्म पुर्याउने माध्यम भण्डारी बनिरहेका छन् । सोसियल ब्लेडका अनुसार उनको च्यानले मासिक ६० हजारदेखि १० लाख रुपैयाँ आम्दानी गरिरहेको छ । सोसियल ब्लेडको आँकडा शतप्रतिसत नभए पनि धेरै हदसम्म सहि हुने युट्युवर भट्टराईले बताए ।
शिसन बानियाँ पनि चर्चित नेपाली युट्युवर हुन् । उनले युट्युवमा उच्च क्वालिटीको भिडियो अपलोड गर्दै आइरहेका छन् । देशका विभिन्न भागमा पुगेर उनले बनाएका भिडियोले राम्रै भ्यूज पाउने गरेका छन् । उनको भिडियो हेरेरै कतिपय त युट्युवमा भिडियो बनाउन अग्रसर हुने गरेको अर्का युट्युवर रसाइलीले बताए । सोसियल ब्लेडका अनुसार बानियाँको च्यानलको मासिक आम्दानी कम्तिमा ६० हजारदेखि १० लाखसम्म हुन्छ ।
आम्दानीसँगै प्रशिद्धि पनि
धेरै युट्युवरहरुको फ्यान फलोइंग निकै राम्रो रहेको छ । आजभोली बरु टेलिभिजनका प्रस्तोताहरुलाई आम मानिसले नचिन्लान् तर धेरै युट्युवरहरुको अनुहार अहिले दर्शकमाझ स्थापित बनेको छ । उत्सव रसाइली, भाग्य न्यौपाने, शिसन बानियाँ, सविन कार्की, आयुष रिमाल लगायतका युट्युवरहरुले अहिले युट्युवबार्ट सार्वजनिक परिचय बनाउन सफल भएका छन् । विभिन्न सार्वजनिक कार्यक्रमहरुमा पुग्दा सेल्फी लिने, तपाईको कार्यक्रम नियमित हेर्ने गर्छु जस्ता प्रतिक्रिया पाउने गरेको उत्सवले बताए ।
युट्युवमा च्यानल खोलेर नियमित भिडियो हाल्नेले राम्रो आम्दानी गर्ने र आफ्नो रुची अनुसारको कन्टेन्ट हाल्न पाएको स्वतन्त्रताका कारण पनि युट्युवमा अहिले धेरैको आकर्षण रहेको पत्रकार मनोज श्रेष्ठले बताए । छापा, रेडियो हुँदै जसरी टेलिभिजनको क्रेज थियो त्यो अहिले युट्युवजस्ता च्यानलहरुमा विस्तार रहेको श्रेष्ठले उल्लेख गरे । उनी दावी गर्छन् ‘सोसियल मिडिया र युट्युव जस्ता भिडियो च्यानलले श्रव्यदृश्यको प्याराडाइम सिफ्ट गर्ने संकेत देखाइरहेको छ । ’
चूनौति र दुःख पनि उस्तै
युट्युवमा भिडियो हालेर पैसा कमाउन सोचेजस्तो सहज नभएको भट्टराई बताउँछन्् । नियमित र अरुभन्दा फरक कन्टेन्ट हाले मात्रै भ्यूज जाने उनले बताए । युट्युवले समय समयमा आफ्नो नियममा गर्ने परिवर्तनले पनि तनाव दिने गरेको उत्सव बताउँछन् । उत्सव भन्छन् ‘कतिबेला के नियम आउँछ थाहै हुँदैन ।’ एक हप्ता जति मात्रै भिडियो हालेन भने दर्शक भड्कि हाल्ने उनको अनुभव छ ।
युट्युवे भनेर गरिएको सम्बोधन प्रति पनि उनीहरुको चित्त दुखाई रहेको छ । आफुहरुले सिकिरहेको र सुरुवाती चरण भएकाले केही गल्ति भएको अधिकांस युट्युवरको भनाई छ । युट्युवरका कारण कतिपय घटनाहरुमा अतिरञ्जना फैलिरहेको र प्रहरी प्रशासन नै अलमलमा पर्ने अवस्था आएको न्यूज २४ का केन्द्रीय व्यूरो प्रमुख राजु श्रेष्ठले आरोप लगाए । आफ्नो भिडियो भाइरल बनाउने होडमा कतिपय युट्युवरहरुले घटनाको सत्यतथ्य नबुझी आफ्नौ स्वविवेक प्रयोग गर्दा धेरै घटनाहरु अतिरञ्जित बन्न पुगेको श्रेष्ठको भनाई छ । स्थापित ठूला मिडिया जस्तो आफुहरुसँग सबै संयन्त्र नभएका कारण कहिलेकाँही कतिपय घटनाहरुको भिडियो बनाउँदा मिसगाइड भएको उत्सवले स्वीकार गरे । तर सिकाईकै चरणमा भएका कारण विस्तारै यसमा नियन्त्रण हुँदै जाने उनको भनाई छ । कतिपय घटनामा प्रहरीसँग बोल्न नमान्ने सर्वसाधारणले आफुहरुसँग एकदमै सहज तरिकाले घटनाको बेलिबिस्तार लगाउने गरेको भट्टराईले बताए । यसले प्रहरीलाई नै अनुसन्धान गर्न झन सहज भएको उनको दावी छ ।
सिष्टममा गर्ने परिवर्तनले पनि तनाव दिने गरेका‘कुनै महिना त एकदमै कम पैसा आउँछ, त्यस्तो बेला मानसिक तनाव हुन्छ उनी थप्छन्् भन्छ्न् ने गरेको उनले बताए ।
कसरी आउँछ युट्युवमा पैसा ?
युट्युवमा भिडियो हालेर पैसा कमाउने हो भने सुरुमा च्यानल मोनेटाइज भएको हुनु पर्छ । च्यानल मोनेटाइज हुनका लागि केही मापदण्डहरु रहेका छन् । च्यानल मोनेटाइज हुन सबैभन्दा पहिला च्यानलमा १ हजार सब्सक्राइबर पुगेको हुनु पर्छ । त्यसपछि च्यानलमा ४ हजार घण्टा वाच टाइम पनि पुगेको हुनु पर्छ । यति भएपछि मात्रै आफ्नो च्यानल मोनिटाइज गर्न सकिनेछ । सम्पुर्ण मापदण्ड पुरा गरी च्यानल मोनिटाइज भएपछि मात्रै युट्युवमा अपलोड गरिएको भिडियोले पैसा कमाउन सक्छ । मोनेटाइजेसन भएको च्यानलमा अपलोड गरिएको भिडियोमा युट्युवले विज्ञापन राख्छ । त्यसरी राखिएको विज्ञापनहरुबाट नै हो पैसा कमाउने ।
कति पैसा कमाउँछ भिडियोले ?
युट्युवमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको छ । पैसा कति कमाउने भन्ने चाँही मुख्य गरी दुई कुरामा निर्भर रहेको छ । भिडियोहरुको प्रकार र ती विज्ञापनहरुको मुल्यले भिडियोले के कति पैसा कमाउँछ भन्ने निर्धारण गर्दछ । नेपालबाट अपलोड गरेको भिडियोहरुको ट्रेण्ड हेर्दा ५ लाख भ्यूज भएको एउटा भिडियोले करिब ५ सय डलर कमाएको देखिन्छ । त्यसैले यदि राम्रोसँग आफैले सिर्जना गरेर भिडियो बनाउने र त्यही अनुसारको भ्यूज जाने हो भने युट्युवबाट राम्रै आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ ।
युट्युवमा अपलोड गरिएका भिडियोहरुको भ्यूज, सब्सक्राइबर लगायतका विविध रेकर्डमार्फत सोसियल ब्लेडले च्यानलहरुको आम्दानी र र्यांकिंग गर्ने गरेको छ । सोसियल ब्लेडले देखाएको आम्दानीको डाटा आधिकारिक नभएपनि धेरै हदसम्म मिल्ने गरेको छ ।
सोसियल ब्लेडका अनुसार म्यूजिक नेपाल नेपालको एक नंवरको च्यानल हो । सोसियल ब्लेडका अनुसार नेपालका उत्कृष्ट १० युट्युव च्यानल यी हुन् । यो आँकडा एक महिना अघिको हो ।