दिवेश पोख्रेल अमेरिकन आइडलको टप सातमा

२०७७ वैशाख २९ सोमवार
Shikhar News Admin

काठमाडाैं। नेपाली युवा दिवेश पोख्रेल उर्फ आर्थर गनले अमेरिकन आइडलमा अर्को महत्पूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा पर्न सफल भएका छन्। साेमबार भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका हुन्। हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्ने संभवत पहिलो नेपाली बनेका पोख्रेलले नेपाली हुनुमा आफूलाई गर्व अनुभूति भएको बताउँदै अाएका छन्।