शास्त्रले भन्छ नेपाल मै पाइन्छ कोरोनाको औषधि !!!

२०७७ जेठ २ शुक्रवार
Newsdesk Shikharnews

प्राचीन कथा अनुसार  श्री हनुमान सन्जिवनी वुटि लिन नेपाल आउनु भएको यहाहरुलाइ अवगत नै होला । नेपालमै पाइन्छ यार्सागुम्बा  लगायत अनेक दिब्य जडिबुटीहरु यति मात्र होइन विभिन्न अद्ययन हुने हो भने नेपालमा हाम्रै घर वरिपरि भएका एक एक घाँस र झारहरु जडिबुटी हुन् ।  राम्रो सङ्ग अध्ययन गर्ने खोज गर्ने हो भने यहि पाइन्छ कोरोना देखि हरेक रोग सङ्ग लड्न सक्ने औषधि जडिबुटी अनि यहि नेपालमा हुनुहुन्छ श्री पशुपतिनाथ ।

नेपालमा अहिले करीब २५० जनालाई कोरोना लाग्दा कसैमा लक्षण नै छैन । १५% बिरामिलाई भेन्टिलेटर , आइसियु चाहिने र ३% को मृत्यु हुने , यो दुबै तथ्य नेपाल भित्र छिरेपछी मिलेको छैन ।

८१ वर्षको वृद्ध देखि, दम , मुटु, सुगर, प्रेसर रोगी देखि बालक समेत रोगबाट विना उपचार नै मुक्त भैरहेका छन् । हस्पिटल बसेको त बहाना मात्र हो , डाक्टरले बिरामिलाई छोएकै छैनन र सिटामोल बाहेक कुनै औषधि चलाएका पनि छैनन ।

त्यसैले मृत्यु नहुनुको कारण औषधि नै नचलाउनु पनि हुनसक्छ भन्ने अर्को तथ्य पनि नकार्न भने सकिन्न ।

यो तथ्य भन्दा विशेष के हो भने , नेपाल देव भूमी हो , यो ऋषि भूमी हो । यहाँ नकारात्मक उर्जा लामो समयसम्म टिक्न सक्दैन ।

हामिलाई सकारात्मक उर्जा दिनुहुने श्री पशुपतिनाथ , यहाँका दिब्य जडिबुटी र यो देवभूमिलाई कोटि कोटि प्रणाम । 🙏

आफ्नो देशको माटो, यहाँका जडिबुटी र यहाँको धर्म, संस्कार र जिवनशैलिलाई र खानपानलाई नबुझ्ने र बिदेशी जिबनशैलिलाइ अप्नाउने र  रम्नेहरुलाई भने यो रोगले थला नपार्ला भन्न   सकिन्न ।

नेपालमा रोगले दुख दिन नसक्नुको कारण हाम्रो नेपाली धर्मले सिकाएको संस्कार जिवनशैलि पनि एक हो । बाँकी त समयले र खोजले बताउला ।

जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोला । सरकारको नियमको पूर्ण पालना गर्दै श्री पशुपतिनाथ सधैं अटल बिश्वास गर्नुहोला । नेपाली संस्कार र जिवनशौलि नत्याग्नुहोला । घरआँगनको जडिबुटी प्रयोग गर्नुहोला । रोग , शोक, भोक, कोरोनाले केहिले पनि छुने छैन ।

श्री पशुपतिनाथले सबैको कल्याण गरुन।
जय देश , जय जननी

समीप गौतम