चीनले बनाउने भयो कोरोनो भ्याक्सिन

२०७७ जेठ १० शनिवार
Newsdesk Shikharnews

सिनोभेक बायोटेक लिमिटेड विश्वमै कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा अग्रपंक्तिमा रहेको कम्पनि हो । उसले कोरोनाविरुद्धको खोप विकाको दोस्रो चरणको काम गरिरहेको छ ।

कम्पनिले रिसर्चलाई गति दिनका लागि मात्र डेढ करोड डलरको आर्थिक कोष प्राप्त गरेको छ । बेइजिङको डाजिङमा भ्याक्सिन प्लान्ट निर्माण शुरु गरिसकेको छ । सिनोभेकले प्रतिवर्ष १० करोड भ्याक्सिन डोज उत्पादन गर्ने क्षमता राख्दछ ।

मे महिनाको पहिलो हप्ता दोस्रो चरणको क्लिनिकल परीक्षणमा सिनोभेक प्रवेश गरिसकेको छ । अब तेस्रो चरणको परीक्षण सँसारभर गर्नेबारे समेत छलफल गर्न लागेको छ । विश्व स्वास्थ्य संगठनसँग मिलेर परीक्षण गर्ने तयार गरेको चिनियाँ पत्रिका ग्लोबल टाइम्सको अनलाइन संस्करणमा भनिएको छ ।

१५ मे मा विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सँसारभर १०८ कम्पनिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा काम गरिरहेका छन् । जसमध्ये चीनबाट चार कम्पनि छन् । सिनोभेकले जतिसक्दो छिटोसँग कोरोना भाइरसको भ्याक्सिन उत्पादन गर्न गति लिइरहेको छ ।

तर, चिनियाँ वैज्ञानिकहरुले सन् २०२० भित्रै भ्याक्सिन विकास भइसक्नेमा आशंका व्यक्त गरेका छन् । ग्लोबल टाइम्सले चिनियाँ वैज्ञानिक झाङ वेनहोङले ग्लोबल टाइम्सलाई उदृत गर्दै भ्याक्सिन सन् २०२१ को शुरु समय अगावै नआउने अनुमान गरेका छन् ।