गायक सञ्जीव पराजुलीलाई किन छैन पीर ? (भिडियो)

२०७७ जेठ १२ सोमवार
Newsdesk Shikharnews

काठमाडौं । विश्व नै कोरोना भाइरसका कारण त्रसित बनिरहेको समय गायक सञ्जीव पराजुली प्रेमको गीत लिएर आएका छन् । दीपक शर्माको शव्द तथा संगीत रहेको छैन मलाई पीर गीतको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा नाजिर हुसेन, कुसुम गुरुङ, सुनिता मगर, कोपिला बुढाथोकी, कपिल मगर गायक पराजुलीले अभिनय गरेका छन् ।

गीतको भिडियोमा मोडल कुसुमलाई मन मनमनै मन पराएर कल्पनामा नाचीरहेका नाजिर कुसुमको गायक सञ्जीवसँग इंगेजमेन्ट भएको देख्दा झसंग भएको प्रस्तुत गरिएको छ । भिडियोमा सञ्जीव र नाजिर दाजुभाईको भूमिकामा रहेका छन् ।

एलिन श्रेष्ठको निर्देशन रहेको भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन रहेको छ ।भिडियोमा ट्याक्सीमाण्डुको स्पोन्सर रहेको छ । छोटो समयमै ट्याक्सी चालक र ट्याक्सी प्रयोग गर्ने यात्रुबीच चर्चित बनेको ट्याक्सीमाण्डु मोबाइल एप्सबाट काठमाडौँ उपत्यकामा ट्याक्सी बुकिंग गर्न मिल्ने एप हो ।