भारतीय कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

२०७७ जेठ ३२ आइतवार
Newsdesk Shikharnews

मुम्बई। चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। आइतबार उनले मुम्बईस्थित आफ्नो फ्याटमा झुण्डिएर आत्महत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
उनी झुण्डिएको अवस्थामा उनका सहयोगीले फेला पारेका थिए र प्रहरीलाई खबर गरेका थिए। उनले किन आत्महत्या गरे भन्ने खुलेको छैन। चार दिन पहिला नै सुशान्तका म्यानेजर दिशाको पनि भवनबाट खस्दा मृत्यु भएको थियो। सुशान्तले महेन्द्र सिंह धोनीको बायोपिकमा काम गरेका थिए।

सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए। टेलिभिजनमा उनको पहिलो सीरियल बालाजी टेलिफिल्मको ‘किस देश में है मेरा दिल’ थियो। यसमा उनले प्रीत जुनेजाको भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनले ‘पवित्र रिश्ता’ सीरियलबाट उनको पहिचान बन्यो। उनी डान्स रियालिटी शो ‘जरा नच के दिखा–२’, ‘झलक दिखला जा–४’ मा पनि सहभागी भएका थिए। सुशान्त सिंह राजपुतको जन्म विहारको पटनामा भएको थियो। २००० को सुरुवातमा उनको परिवार दिल्ली बसाइँ सरेको थियो। सुशान्तका चार बहिनी छन्। ती मध्ये एक मीतू राज्यस्तरीय क्रिकेट खेलाडी छन्।