काठमाण्डौंका बँ पसः (फूटपाथे पसल) अवसर की चुनौती ?

२०७७ असार ४ बिहीवार
Newsdesk Shikharnews

गणेश शाक्य
यतिबेला नेपालको राजधानी काठमाण्डौं त्यसमा पनि ऐतिहासिक एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्पदाहरुले भरिपुर्ण भित्रि शहर हनुमान ढोका दरवार स्क्वायर क्षेत्र, बसन्तपुर, इन्द्रचोक, असन, भोटाहिटी, न्यूरोड लगायत अन्य विभिन्न ठाउँहरु बँ पसःका कारण तातीरहेको छ । अहिले, जागरुक युवा समुह, सम्पदा अभियन्ता, निजामति प्रहरी, महानगरपालिकाका नगर प्रहरी, स्थानिय युवाहरुको संयुक्त अगुवाईमा हरेक दिन विहानीपख बँ पसः हटाउ अभियानकै रुपमा संचालन हुदै छ । अभियान चल्दै गर्दा बँ पसः हटाउंदा बँ पसःवालाहरुको रोजगारीनै हरण हुने भन्ने अभिव्यक्ती पनि सुन्नमा आइरहेको छ । यतिबेला बँ पसःको औचित्य अथवा अवसर र चुनौतिको वारे थोरै विश्लेषण गर्दा राम्रो होला ।

बँ पसःको अवसरहरुको कुरा गर्नुपर्दा सिमित बँ पसःको संचालन गरि बसेकाहरुका लागि काठमाण्डौ बसी खाने मेसो र केहि आम्दानीका श्रोत हुन सक्ला । त्यसैगरि, दुईचार जना हप्ता उठाई खान पल्केकाहरुका लागि अवसर हुन सक्ला । अनि वाटोमा हिडने केहि वटुवाहरुको लागि केहि सामान खरदि गर्नको लागि अवसर होलान । यी सिमित अवसरहरु वाहेक बँ पसःले थुप्रै चुनौतिहरु निम्त्याएका छन । फूटपाथ भएका ठाउंमा फूठपाथमै, नभएका ठाउंमा सिधै वाटोमै एउटा प्लाष्टिक÷बोरा बिसाई दियो, बस दुकान चालु । यसैगरि, एउटा डोको र नाङ्गलो ठड्याई दियो वा एउटा बाक्सा तेर्साई दियो पसल खुल्यो । फूटपाथ जति बँ पसः ले ओगतिसकेपछि वटुवा कतावाट हिडने? वाटोमा हिडन कर लाग्यो कि लागेन? सवारी साधन गुडने वाटोमा मान्छे हिडेपछि दुर्घटनालाई निम्त्याइयो कि निम्याइएन? सवारी जाम हुन्छ कि हुदैन? यो भनेको ट्राफिक व्यवस्थापनलाई चुनौति हो कि हैन?

फूटपाथे पसलमा बेच्ने गरेका खानेकुराहरु स्वास्थ्यको दृष्टिकोणले खानलाई सुरक्षित छ भनि ग्यारेण्टी दिने को? असुरक्षित खाद्य पदार्थ खाई कसैको ज्यान तलमाथी भएमा त्यसको जिम्मा लिने को? अनि स्वतः स्वास्थ्यको लागि चुनौति भएन? बँ पसःमा नपाइने कुनै चिजनै छैन । त्यहाँ नुन देखि सुन एउटा भन्न सकिदैन अरु सबै थोक किन्न पाइन्छ । लत्ताकपदा, तयारी पोशाक, विद्युतिय सामाग्री, सजावतका सामाग्री, आदी इत्यादी । यस्ता वस्तुहरु कर छली, भंसार छली अनि चोरीका सामान पनि हुन सक्छन । अनि यसले राज्यको राजस्व संकलनमा चुनौति थपेन?

सवभन्दा महत्वपूर्ण विषय भनेको यस्ता बँ पसः ले हाम्रा प्राचिन धरोहर अन्तरराष्ट्रिय सम्पदाहरु माथिनै प्रहार भएका छन । प्राचिन कलात्मक पाटीपौवा, मन्दिरनै ढाकिने छोपिने गरि विभिन्न सामानहरु झुण्ड्याई दिने जस्ता निन्दनिय काम भएका छन । हाम्रो देशमा विदेशीहरु के का लागि घुम्न आउछन? के हेर्न भनि आउछन? अनि के हेरि फर्कन्छन? कस्तो छाप लिएर जान्छन? के यो सम्पदा र पर्यटन क्षेत्रको लागि ठाडो चुनौति हैन?

यस विषयमा पहल गर्नुपर्ने निकाय भनेको काठमाडौ महानगरपालिकानै हुन । तर महानगरको प्रयास कमजोर छ । खाली पूmटपाथे पसले र नगर प्रहरी विच उहि पुरानो लुकामारी खेल मात्र छ । बँ पसः यथावत छन । किन नियन्त्रण हुदैन वा किन गरिदैन भन्ने प्रश्न गहन छ । मुख्य कुरो दण्डहिनताको छ तर दण्ड दिने अधिकार पाएका निकायहरुनै आँखा चिम्लि बस्दैछन भने नियन्त्रण हुने त सवालै उठदैन । यस्ता आधिकारिक निकायहरुवाट केहि होला भन्ने आशानै मरिसकेका कारणनै अहिलेको अभियान थाल्नु परेको सम्पदा अभियन्ता यादव लाल कायस्थ बताउनु हुन्छ । तर सधैसधंै बिहान बिहान देखि अहिले जस्तो अभियन्ताहरुले अनुगमन गरि रहन सक्तैन र जुन दिन अनुगमन कार्य रोकिन्छ त्यहि दिन देखि बँ पसःहरु तुरुन्त देखा पर्नेमा शंकै छैन । अनि अहिलेसम्मको सबै प्रयास व्यर्थमा जाने छ । यस्तो अवस्था श्रृजना नहोस । बँ पसः नियन्त्रण गर्नै नसक्ने हुदै हैन । यदि त्यसो हो भने लाजिम्पातको सडक पेटी, दरवारमार्गको सडक पेटी, भद्रकाली, सिंह दरवार, बालुवाटारको सडक पेटी आदिमा किन देखिदैन त बँ पसः? यो त जानीजानी ताकीताकी योजनावद्ध रुपमानै प्रहार गरेको जस्तो देखियो । यस्ता अव्यवस्थित, अस्वस्थ्य, अस्तव्यस्त बँ पसः सधैको लागि हताउनै पर्छ ।

बँ पसः हताउदा विकल्प के त भन्ने प्रश्न उठनु स्वभाविक हो, विकल्प छन पनि । पहिलो विकल्प भनेको बँ पसःहरु सबै आफै मिलेर सम्वन्धित निकायहरुमा गई उपयुक्त ठाउंमा व्यवस्थित बैेकल्पिक बजार निर्माणको लागि अनुरोध, दवाव जे जे गर्नुपर्ने हो सब प्रयास गर्नु पर्छ । यसको लागि अरुले पनि समर्थन र सहयोग गर्दा अझ राम्रो प्रतिफल आउने छ । सम्वन्धित निकायहरुले पनि यथाशिघ्र उहाँहरुको माग सम्वोधन गर्नुमा बुद्धिमता होला । तर सबभन्दा राम्रो उपाय भनेको जजस्ले बँ पसः थापी बस्नु भएको छ वहाँहरु आआप्mनो गाउँठाउंमै फर्कि त्यहाँका स्थानिय निकायहरुमा गई स्वरोजगारीको अवसर माग्नु प¥यो । गाउंमै उद्योग, व्यापार, कृषि क्षेत्रमा लगानी गर्नु प¥यो । यो नै सबै पक्षका लागि फलदायी हुने छ । नेपाल भनेको काठमाण्डौ मात्र हैन भन्ने सत्यलाई आत्मसाथ राखि आप्mनो गाउं विकास गर्नु प¥यो । तर, काठमाण्डौका अव्यवस्थित बँ पसःहरु कुनै हालतमा सधैको लागि हताउनै पर्छ । सम्वन्धित निकायहरु विषेशतः काठमाण्डौ महानगरपालिकाले दीर्घकालिन विकल्पको रुपमा उचित ठाउंहरुमा खुद्रा बजार विकास गरिदिनु प¥यो । यहिनै बँ पसः विस्थापन गर्नको लागि उत्तम उपाय होलान ।