थप ४७६ जनामा कोरोना संक्रमण

२०७७ असार १५ सोमवार
Shikhar News Admin

काठमाडौं । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ। विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
‘तीन सय ६४ पुरूष र एक सय १२ जना महिला गरी चार सय ७६ जनामा कोरोना देखिएको छ,’ उनले भने।
आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो। [image: كورونا-1.jpg]