कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ७ हजार नाघ्यो

२०७७ असार १६ मंगलवार
Shikhar News Admin

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर एक करोड ४ लाख संक्रमित भइसकेका छन् ।
सबैभन्दा बढी अमेरिकामा एक लाख २८ हजारको मृत्यु भएको छ । २६ लाख ८१ हजार संक्रमित भइसकेका छन् ।
ब्राजिलमा ५८ हजारको मृत्यु भइसकेको छ । संक्रमित संख्या १३ लाख ७० हजार पुगेको छ ।
रुसमा ६ लाख ४१ हजार संक्रमित संख्या पुग्दा ६ हजार ७ सयको मृत्यु भएको छ ।
भारतमा ५ लाख ६७ हजार संक्रमित संख्या पुग्दा १८ हजारको मृत्यु भएको छ । नेपालमा संक्रमित संख्या १३ हजार नाघ्दा मृतक संख्या २९ पुगेको छ । [image: corona-covid-breaking-news.jpg]