काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी

२०७७ असार २१ आइतवार
Newsdesk Shikharnews

काठमाडौँ २१ असार । काठमाडौँको नयाँ बसपार्कस्थित एक ग्यारेजमा राखिएको माइक्रोबस जलेर नस्ट भएको छ । आइतबार बिहान अगलागी हुँदा कम्तिमा ८ वटा माइक्रोबस प्रविधि खराबीका कारण जलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । एउटा माइक्रोबाट सुरु भएको आगो अन्य सात वटामा लागेको जनाइएको छ ।

क्षति हुने बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबस रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रम भने जारी रहेको छ।