मध्यरातमा राजेश हमालको आयो भिडियो

२०७७ असार ३१ बुधवार
Newsdesk Shikharnews

महानायक राजेश हमालले आफ्नो विषयलाई लिएर चलचित्र क्षेत्रमा भइरहेको विवादबारे मुख खोलेका छन् । आज राति करिब १२स्३० बजेतिर फेसबुक लाइभमार्फत हमालले आफ्ना धारणा राखेका हुन् ।

उनले आफ्नो महानायक सम्मानको विषयमा भएको विवाद र नकारात्मक बहसले दुस्ख लागेको बताएका छन् । खासगरि आफू आबद्व कला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप(प्रत्यारोपप्रति उनले दुस्ख व्यक्त गरेका हुन् ।

आफुलाई लक्षित गरेर दिपाश्री निरौलाले व्यक्त गरेका कुरालाई लिएर तीन हप्तादेखिको बहस अन्त्य गर्न उनले आग्रह गरेका छन् । दिपाले भनेका कुरालाई आफुले नजरअन्दाज गरेको उल्लेख गर्दै उनले दर्शकलाई पनि संयम बन्न आग्रह गरेका छन् ।

फराकिलो हृदय बनाएर दिपाप्रति मानवता देखाइदिन उनले दर्शकलाई आग्रह गरेका छन् । ञकसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गरौँ ।झ उनले भनेका छन् ।

हमालले दिपाश्रीको नाम एकपटक पनि लिएका छैनन् । सुरुमा मेरा सहकर्मी भनेका छन् भने अन्तिममा सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला भनेका छन् ।