सबारी चाप र समाधान

२०७७ साउन १५ बिहीवार
Newsdesk Shikharnews

बिमल बस्नेत
काठमाण्डौ उपत्यका लगायत देशै भरि तथा मुख्य शहरहरूमा लामो समय देखि भोगिरहेको र उपत्यका बाहिरको शहरमा बढ्दै गएको सवारी चाप अनावश्यक जामले गर्दा जनजिबन अस्तव्यस्त हैरान हुनु परेको कुरा सम्पुर्ण जनमानसमा अबगत नै छ । लामो समयको देशको द्वन्द राजनितिक अस्थिरताले गर्दा भौतिक संरचना, सडक, बिद्युतको र अरू थुप्रै बिकाशको काम हुन सकेन । बिस्तारै देशमा द्वन्द व्यबस्थापन र शान्ति स्थापना पछि जनता माझ हुने खानेहरूबाट व्यापार बिस्तार र हुँदा खाने बर्गमा पनि सानै भएता पनि जो अरूमा बफादार छ उसले जागिर गर्छ र जुन व्यक्ती आफुमा बफादार छ उसले व्यपार गर्छ भन्ने भनाईलाई चरितार्थ गर्दै व्यापार शुरू गर्न हौसला मिलेको देखिन्छ ।

फलस्वरूप व्यापार व्यवसायको लागि होस, बिलासिता, अथवा मानिसहरू एक ठाउबाट अर्को ठाउमा जान प्रयोगको कारणले सबारी साधन नेपालभरिको सडकहरूमा बढेको देखिन्छ । राष्ट्र निर्माण र बिकाशको कामको लागि सवारी साधनको पनि मुख्य भूमिका हुन्छ । तर नेपालमा बिलाशिता र बिकृतिको रूपमा पनि प्रयोग भएको देखिन्छ । जस्तै धेरै नै हतार हतार गरेर ओभरस्पिडिंग गर्ने अनि स्काभेटरले काम गरेको आकाशे पुलमाथि बसेर गाडि कुदेको हेर्नकै लागि कुदाउने जसको फलस्बरूप दुर्घटना निम्तिएको पनि हामी सबैले देखेको पढेको र भोगेकै छौ । हामी अब के निष्कर्षमा पुग्न सकिन्छ भने
१) बिलाशिताको र बिकृत्तिले बढेको सबारी चाप
२) व्यापार व्यबसायले बढेको सबारी चाप
३) बिकासको लागि प्रयोग भएर बढेको सबारी चाप
४) जनजीबनको लागि एक ठाउँबाट अर्को ठाउमा जानको लागि प्रयोगको कारणले बढेको सवारी चाप
जे जति कारणले भएतापनि एउटा ठोस नीति नियममा बाँधेर होस् अथवा सडक सञ्जाल बिस्तार गरेर व्यबस्थापन गर्ने काम अब अहिलेको स्थानिय सरकार, प्रदेश र केन्द्र सरकारकै हो । सबै कुरा सरकारमा मात्रै थुपार्ने र समस्या मात्रै देखाउने गरेर घर, समाज हुदै राष्ट्र बिकाश हुन सक्दैन र हुदैन । समस्या देखाउनेले समाधान पनि दिन सक्नु पर्दछ ।

के हुन सक्छ त समाधान ?
पहिलो कुरा त संरचनागत निर्माण गर्ने जुन बिभिन्न तहको सरकारहरूको दायित्व हो, एकदमै समस्यामा रहेको कोटेश्वर, जडीबुट्टीको जाम आम समस्याको रूपमा देखा परेको छ । समस्या समाधानको लागि सरकारबाट केहि समय अघि जापानिज कम्पनि जाईकालाई उपाय पेश गर्न अनुमति दिएको
१) तिनकुनेबाट फ्लाईओभर बालकुमारी सम्म बनाउने
२)जडीबुटीबाट अन्डरपास बालकुमारीसम्म बनाउने
३) तिनकुनेबाट जडीबुट्टीसम्म बिमानस्थलको जग्गा प्रयोग गरेर टनेलिड. बनाउने
देशैभरि प्राबिधिक क्षेत्रमा अध्ययन अनुसन्धान चलाई रहने
काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव देखिएको छ । माथि उल्लेखित समाधानहरू केहि समय लाग्ने र आर्थिक रूपमा पनि महंगो योजनाहरू भएता पनि प्राथमिकताका साथ काम शुरू गरेर समयमै सक्नु पर्ने स्थिती छ । हालसालै गर्न सकिने समस्याको समाधानहरु माथि अब ध्यान जाने बेला भएको छ ।

काठमाण्डौको र देशैभरिको सडक संजालहरूमा ट्राफिक लाईटहरू जडान गर्ने र भएको ट्राफिक लाईटहरू पनि सञ्चालनमा ल्याउने जसले गर्दा आधाभन्दा धेरै समस्याको समाधान हुन्छ । तेसो गर्दा जनशक्ती पनि कम लाग्ने हुन्छ । सबै चोकहरूमा सिसि क्यामेरा जडान गर्ने अनि सबारी नियम उल्लघन गर्नेलाई कारबाही र जरिबाना घरमै पुग्ने व्यबस्था गर्दा सडक दुर्घटना पनि कम हुने र चालकहरूलाई अनुशाशित पनि बनाउने हुन्छ।

प्रतेक चोकहरूमा राउन्डइबाउट  बनाउने र अनिबार्य रूपमा राउन्डबाउटको नियम पालना गर्न लगाउने र गरे नगरेको सिसि क्यामरा र प्रहरीले चेकजाच गर्ने जसले गर्दा आफ्नो पालो कुर्ने हतार नगर्ने र चालकहरूको ईमान्दारिताको बिकाश हुने गर्छ । हामी सबैलाई थाहा छ सैद्धान्तिक भन्दा व्यबहारिक शिक्षा काम लाग्ने हुन्छ फलस्वरूप चालकहरूबाट ट्राफिक नियमको ईमान्दारिता तिनबटै सरकारबाट समाज र राष्ट्र प्रति बिकाशको शवालमा समाज र राष्ट्र परिबर्तनको सवालमा र सम्पुर्ण नेपाली जनताबाट आफ्नो दायित्व र कर्तव्य पुरा गर्दा मात्रै कुनैपनि सबालमा सफल हुने देखिन्छ।

तसर्थ सबैले आफ्नो आफ्नो ठाउबाट परिबर्तनको लागि सहयोग गरौ।