भूवन-साम्राज्ञी विवाद : को कति सहि वा गलत ?

२०७७ साउन १७ शनिवार
Newsdesk Shikharnews

सुरज खड्का
अग्रज कलाकार भुवन केसी र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह बीचको विवादले नेपाली चलचित्र क्षेत्रलाई निकै तरंगित पारेको छ । कोभिड १९ को महामारीले शान्त शिथिल बनेको नेपाली चलचित्र क्षेत्र साम्राज्ञीले नेपाली चलचित्र क्षेत्रभित्र बरिष्ठता र कनिष्ठताको नाममा हुदै गरेका नाताबाद, कृपाबाद, असमानता र भेदभावको कुरालाई आफनो इन्स्टाग्राममा सार्वजनिक गरेपछि यो क्षेत्र तरंगित बनेको हो ।

नायिका सामाज्ञ्रीले गत असार १३ गतेका दिन आफनो इन्स्टाग्राममा आफुले चलचित्रमा अभिनय गर्ने क्रममा निर्माताबाट लैंगिक भेदभाव भोग्नु परेको चित्त दुखाईलाई लिएर भिडियो पोष्ट गरेकी थिईन । उनले भिडियोमा कुनै कलाकारको पनि नाम लिएकी थिईनन् । तर, चोरको खुट्टा काट भन्दा चोरले आफनो खुट्टा लुकाउछ भने झै, सामाज्ञ्रीले भिडियो पोष्ट गरे लगतै, अग्रज कलाकार भुवन केसीले सामाजिक सञ्जालमा आफनो आक्रोश पोखे । भुवनले सामाज्ञ्रीलाई नै लक्षित गरी ¨खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोईकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाईरहेकी छिन ? जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने ? सामाजिक सञ्जालमा गर्ने बराबरको अभिनय फिल्ममा पनि गरे हुने नि … भनेर सामाजिक सञ्जालमा आफनो आक्रोश ब्यक्त गरेका थिए ।

भुवन र साम्राज्ञीबीचको विवाद चल्दै गर्दा साम्राज्ञीले अभिनेता भुवनमाथि यौनपिपासुको आरोप नै लगाएर अर्को भिडियो पोष्ट गरिन् । सो पोष्टपछि भुवन झनै आक्रोशित भए, त्यसपछि उनले आफुले मात्र नभई आफ्ना निकट केही निर्देशकलाई प्रयोग गर्दै एकदमै आपतिजनक भिडियो बनाएर पोष्ट गर्न शुरु गरे । पछिल्लो समयमा साम्राज्ञी र उनका आमाले कहिल्यै चिन्दै नचिनेका ब्यक्ति शोभित बस्नेतले समेत यदि भुवन केसीले ड्रिम्स चलचित्रमा नलिएको भए साम्राज्ञी शायद आज बीरगंजका रिक्शा चढेर हिड्थिन् होला भनेर समेत भन्न भ्याए । शोभितको यो खास के भन्न खोजेका हुन त्यो त थाहा भएन तर तराई मधेसमा रिक्शा चढनु भनेको बेइज्जती होइन, त्यहाँको सबै तह र तप्काले मानिसले प्रयोग गर्ने परम्परागत सवारी साधन हो भन्ने कुरालाई चाँही शोभितले बिर्सनु हुन्न ।

भुवनले आफु लगायत आफना केही मित्रहरुबाट नानाथरिको भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट गरेर पनि चित्त नबुझेपछि गत साता आफनो मानहानी भएको भन्दै १० करोड रुपैया क्षतिको माग गर्दै साम्राज्ञीबिरुद्ध अदातलमा मागदावी समेत गरेका छन् । केसी जस्तो कलकारले चलचित्र क्षेत्रको कुरालाई अदालतमा पु¥याएको घटनालाई अन्य चलचित्रकर्मीले त्यति रुचाएका छैनन् । यो घटनालाई केही कलाकारले भुवनले यो विवादबाट पनि कमाउन खोजेको भन्दै टिप्पणी गरेका छन् ।

भुवन नेपाली चलचित्र जगतको उम्दा अभिनेता तथा निर्माता हुन् भन्ने कुरामा दुईमत नै छैन । तर उनी अभिनयसँगै चलचित्र वाहिर रोमान्सको कारण सधैं चर्चामा हुने गर्छन् ।

भुवनले सामाजिक सञ्जालमा साम्राज्ञीलाई ड्रिम्स चलचित्रले नै नाम, दाम र माम दिएको भनेका छन् । उनको यो कुरा गलत होइन । नायिका साम्राज्ञी आफै पनि भन्छिन् उनलाई चलचित्र क्षेत्रमा चिनाउने चलचित्र ड्रिम्स हो भनेर । उनले ड्रिम्स चलचित्र निर्माणको क्रममा देखिएको नाताबाद, कृपाबाद, असमानता, लैगिंक विभेदता जस्ता नकारात्मक कुराको मात्र विरोध गरेकी हुन् । जबकी ड्रिम्स चलचित्रका निर्माता उनी मात्र नभई अन्य दुई जनाको पनि लगानी रहेको कुरालाई भुवनले कहिल्यै सार्वजनिक गर्न चाहेनन् । हुनत यो उनको ब्यतिmगत बिषय हो तर उनले जुन ताकतले ड्रिम्स चलचित्रबाटै सामाज्ञ्रीले काम, दाम र माम पाएको धक्कु लगाएपछि यो कुरा भुवन स्वयम्मै पनि लागु हुन्छ ।

भुवन केसीले ड्रिम्स चलचित्र अभिनेता रवि बस्नेतका साथै एक उद्योगीको साथमा मिलेर गरेका थिए । ड्रिम्समा भुवन केसी, रवि बस्नेत र उधोगपति तीन जना बीचमा ३३.३३ प्रतिशत साझेदारी रहने लिखित सम्झौता भई निर्माण कार्य अघि बढेको थियो । सम्झौतामा तीनै जनाको ३३.३३ प्रतिशत लगानी भएपनि चलचित्रको पोष्ट प्रोडक्शनको सबै खर्च रवि बस्नेतको जिम्मामा थियो भने, बाँकी निर्माणको खर्चमा भुवन र उद्योगीले लगानी गर्ने सहमति भएको थियो । तर दुर्भाग्य, हिट चलचित्र ड्रिम्सलाई भुवनको होम प्रोडक्सनको रुपमा चिनिन्छ । अन्य दुई लगानीकर्ता रवि र उद्योगी भने आफनो डुबेको लगानी फिर्ता पाउन सम्बन्धित निकायको ढोका ढोका धाउँदैछन् । केही समय अघि रबि आफुले गरेको खर्चको बिल बोकेर अन्याय भयो भन्दै विभिन्न मिडियामा समेत पुगेका थिए ।

साम्राज्ञीको ड्रिम्स यात्रा
ड्रिम्स चलचित्रको सुटिगं र त्यसको लगानीले जोडेको अभिनेता रवि बस्नेत र भुवन केसीको सम्बन्ध बिस्तार बाक्लो हुदै गयो । चलचित्र निर्माणको लागि नायक भुवनका सुपुत्र अनमोल केसी हुने भएपनि त्यसको अपोजिट रोलमा हिरोइन खोज्दै हिडिरहेका भुवनले एकदिन रविको कम्यूटर हेर्दै जादा सामाज्ञ्रीको तस्वीर देखेपछि भुवनले यो केटी को हुन भनेर रविलाई सोधेका थिए । रविले मेरो भान्जी हुन तर यिनी शाही परिवारका भएकाले चलचित्रमा खेल्दिनन् भने । तर भुवनको जोरमा रविले यो कुरा साम्राज्ञीको परिवारमा सुनाए । शुरुमा त साम्राज्ञीका परिवार मानेनन् तर पछि साम्राज्ञी र उनका आमाको चलचित्रमा खेलाउने इच्छा भएको र आफ्नै मान्छे रवि पनि निर्माता भएकोले साम्राज्ञीले चलचित्र खेल्ने अनुमति पाए ।

कलाकार भुवनले आफनो सामाजिक सञ्जालमा पोष्ट गरेको¨ खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोईकराई गर्ने हिरोइन भन्ने कुरा पुरै झुठो हो भनेर सोही चलचित्रका अर्का निर्माता रवि बस्नेत बताउछन् । बस्नेतका अनुसार सामाज्ञ्रीले भुवनलाई मलाई चलचित्रमा खेलाउनु भनेर नआएको बरु मैले जबसम्म साम्राज्ञीको परिवारलाई ड्रिम्स चलचित्रको लागि मनाईन तबसम्म मेरै पछि लागेका थिए ।

सामाज्ञ्रीको बोली ब्यवहार कस्तो छ त्यसमा म जान चाहन्न । साम्राज्ञीको चलचित्र यात्रा लामो नभएपनि छोटै समयमा उनी आफनो अभिनयको वलमा चर्चित बन्न पुगिन् । जसको श्रेय भुवन आफुले लिन चाहन्छन् । भुवनका अनुसार ड्रिम्सकै कारण साम्रात्रीलाई आज सबैले चिन्छन् भन्ने उनको दाबी छ । यतिमात्र होइन भुवनको उच्छृंखलता यति विघ्न बढ्न थाल्यो कि अन्त्यमा साम्राज्ञीले सहनै नसकेर आफनो इन्स्टाग्राममा चलचित्र क्षेत्रभित्र हुने भेदभाव, असमानता, लैगिंक भेदभावको बारेमा बोलेकी हुन् । हुनत अभिनेता भुवनको छविलाई लिएर कुनै पनि नेपालीलाई भनिरहनु पर्दैन । केसीसँग जोडिएका केही व्यक्तिगत घटना समय समयमा सार्वजनिक नभएका पनि होइनन् । उनको जस्तै केही ब्यक्तिको ज्यादतीको कारण पढेलेखेका युवतीहरु नेपाली चलचित्रमा आउन डराउछन् भन्ने कहावत् नै स्थापित भएको थियो ।

राम्रो पारिवारिक पृष्ठभुमि र उनी आपैmपनि साहसी भएकै कारण, उनले चलचित्र क्षेत्रभित्र देखेका असमानता, भेदभाव र नाताबाद कृपाबादको बारेमा बोलेकी हुन । त्यसो त उनले इन्स्टाग्राममा कसैको नाम वा कसैलाई दोष लगाएकै छैनन । यदि कसैले मलाई नै भनेको हो भनेर बुझछन् भने यसमा सामाज्ञ्रीको के दोष ? भुवन जस्तो परिपक्व कलाकारले एकैचोटी आक्रोशित र आक्रामक हुँदा यसले उनको उचाईको कद बढाउने भन्दा घटाउने नै काम गरिरहेको छ ।

हुन त एकथरी मान्छेहरु यति लामो समयपछि साम्राज्ञीले यो विषय सार्वजनिक गरेर आफ्नै खुट्टामा बञ्चरो हानिन् भन्नेहरु पनि छन् । करिब १७ वर्षको कलिलो उमेरकी साम्राज्ञीले त्यतिबेला यसको प्रतिवाद गर्न सकिनन् होला वा कसैले उनलाई सम्झाउने वा धम्काउने पनि गर्यो होला । तर अहिले बढ्दो उमेरसँगै उनमा परिपक्वता आयो र त्यतिबेला आफुमाथि भएको दुर्व्यवहारलाई अहिले सार्वजनिक गर्ने स्थितिमा पुगिन् । यसमा के गल्ती भयो ? कानुनी प्रक्रियामा गएर कारवाही गराउन प्रक्रियागत कारणले सम्भव नहोला तर उनले आफुमाथि भएको थिचोमिचो वा दुर्व्यवहारको बारेमा अहिले बोल्न हुन्न भन्ने चाँही कस्तो तर्क हो ?