निषेधाज्ञा बारे कुनै निर्णय भएन, आज फेरि बैठक बस्दै

२०७७ भदौ १० बुधवार
Newsdesk Shikharnews

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्नआज बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ ।

दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि आजको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र भोलि पुनः बैठक बस्ने बताउनुभयो । यस अघि भदौ ३ गते राती १२ः०० बजेबाट जारी निषेधाज्ञा बुधबार बेलुका राती १२ः०० बजेसम्मका लागि रहेको छ यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।