‘बिजुलीम्यान’ कुलमान घिसिङ

२०७७ असोज ७ बुधवार
Newsdesk Shikharnews

गणेश शाक्य
जलश्रोतको हिसावले विश्वकै दोश्रो देश भनि चिनिने नेपालमा विगत केहि वर्ष अगाडी सम्म २४ घण्टामा १८ घण्टा लोड सेडिङ्ग हुन्थ्यो भन्दा पत्याउनै गाह्रो हुन्छ, तर वास्तविकता त्यहिनै थियो । सायद देशमा लोड सेडिङ्गको यसरि अन्त्य होला भनि सोचेको पनि थिएन होला आम जनताले त्यति बेला । हुनेले इनभर्टर नहुनेले टुकी मैनबत्तिलाई बैकल्पिक उर्जाको रुपमा अंगाली सकेका थिए । बिद्युत उत्पादनमै कमि भएकाले लोड सेडिङ्ग बाध्यता होला भन्ठानेका थिए सोझा जनताहरु । तर वास्तविकता अरु नै रहेछ भन्ने तव मात्र बुझियो जव एकजना योग्य कर्मठ ब्यक्तिले बिद्युत प्राधिकरण हाँक्ने जिम्मेवारी पाए । उहाँ हुनुहुन्छ प्रत्येक नेपालीको मानसपटलमा छाएको युग पुरुष आदरनिय कुलमान घिसिङ्ग ।

गणेश शाक्य

उहाँले कार्यभार सम्हाले लगत्तै तिहारको बेला पनि निर्धक्क बत्ती बाल्नुस् लोड सेडिङ्ग हुँदैन भनि उद्घोष गरियो । नभन्दै झिलीमिली बत्ती बल्यो, निभेन । त्यहिबेला देखिनै हरेक नागरिकको मनमा बसिसकेका थिए कुलमान घिसिङ्ग । यस्ता महापुरुषलाईनै भनिन्छ युग पुरुष ।

तर बिडम्बना, यस्ता युग पुरुषको सेवा कार्यकाल भने सकिसकेको छ । प्राधिकरणवाट औपचारिक रुपमै बिदा पनि भईसकेका छन् । दैनिक १८÷१८ घण्टा सम्म लोड सेडिङ्गको मार खेपी आजित भएका जनतामा फेरी लोड सेडिङ्ग हुने त हैन भन्ने त्रास जागेको छ । त्यसैले उहाँको कार्यकाल सकिन भन्दा धेरै पहिला देखिनै कुलमानलाई नै पुनर्बहाली गर्नु पर्छ भनि देशभरिका जनताले सडकदेखि विभिन्न मिडिया मार्फत जोडदार माग राख्दै आएको कुरा सर्वसवदितै छ । तर उहाँको पुनर्बहाली भएको छैन र अर्कोतर्फ पुनर्बहालीको लागि जनआवाज घन्केको घन्कै छन ।

पुनर्बहालीको लागि जोडदार आवाज उठ्दै गरेको समयमा अचेल मिडियाहरुमा कुलमानले जश लिने काम मात्र गरेको खास काम पहिला नै भईसकेको भन्ने अभिव्यक्ति आई रहेका छन । यस्ता अभिव्यक्तिहरुमा सिधै मन पोलेर डाहा गरेको अनुभुति हुन्छ । यदि यस्तै हो भने कुलमान आउनु अगाडि किन लोड सेडिङ्ग अन्त्य भएन ? हो, कुनैपनि काम टिमको सहयोग विना सम्भव हुदैन । तर यति कुरा आफु पनि भन्न नसक्ने र गर्ने मान्छेसंग रिस पनि पोख्ने भलादमीहरुले जनताले कस्तो व्यक्तिलाई कदर गर्छ भन्ने वारे अझै सिक्न नितान्त आवश्यक छ ।

कुलमान घिसिङ्गको पुनर्नियुक्तिको बिषयमा भन्नुपर्दा एउटा विश्वास कमाउने र अर्को विश्वासका गुमाउनेको प्रश्न उठ्छ । विश्वास कमाउनु यस अर्थमा कि कुलमानले बोलेर हैन गरेर देखाउनु भयो जवकि विश्वास गुमाउनेले गफ मात्रै दिए नतिजा भने शुन्य । विश्वास यस अर्थमा गुम्यो कि चाहेको खण्डमा लोड सेडिङ्ग हटाउन सक्ने भएता पनि नहटाई इन्भर्टर बेट्री ब्यवशायीहरुलाई मात्र प्राथमिकतामा राखियो । केहि आर्थिक लाभका लागि विषेश ग्राहकहरुका लागि भनि बिद्युत आपूर्ति गराइयो । तर, विना लोड सेडिङ्ग पनि सामान्य नागरिकलाई र उद्योगका लागि समान आपूर्ति व्यवस्था मिलाउन सकिन्छ भन्ने त प्रमाणित त भईसक्यो नि अहिले । हो, जनता अझै त्रसित छन कतै अझै लोड सेडिङ्ग त हुने हैन भनि । प्रेशर कुकरमा खाना पकाउदै गर्दा भ्याट्ट बिद्युत आपूर्ति बन्द भई खानानै नखाई छोरा छोरी स्कुल जानपरेका दिन भुलेका छैनन् अझै पनि ।

कुनै खास एकजना व्यक्ति विषेशका लागि किन आम जनता अवााज उठाउछ भन्ने कुरा सम्बन्धित व्यक्ति÷निकायहरु किन बुझ्न चाहदैनन् ? के प्रतिव्यक्ति बिद्युत खपत १२० वाट २६० युनित पु¥याउनु पाप हो ? भारतवाट बिद्युत ल्याई लोड सेडिङ्ग हटाइएको रे । यसो भन्नेहरुले कुलमान आउनु अगाडि के गरि बसेका थिए त ? आयात होस वा निर्यात, जे गरे नि जनताले चाहेको नियमित बिद्युत आपूर्ति हो जुन कुलमानको कार्यकालमा उहाँको प्रयासमा सफल भयो । त्यसैले उहाँलाई नेपाली विजुलीको युग पुरुष भन्दा केहि फरक नपर्ला । आयात मात्र हैन बिद्युत निर्यातमा पनि बृद्धि भएकै छ । आयात र निर्यातको दुरी न्युनिकरण गर्न पनि सफल भएकै हुन । यो कुरा त यथार्थ हो नि ।

देश विकासको लागि उर्जा शक्तिको महत्व कति छ भन्ने वारे भनिरहन पर्दैन । तसर्थ, प्रकृतिले नै प्रदान गरेको अपार जलश्रोत भण्डारलाई अधिकतम प्रयोग गरि हरेक क्षेत्रलाई बिद्युतीकरण गरि देशलाई समृद्धि तर्फ लैजान एक सक्षम सारथीको अझै पनि उतिकै आवश्यक छ चाहे त्यो कुलमान होस वा अन्य कोहि । हो, एउटा जनविश्वासको आधारमा अर्को एक कार्यकालको लागि कुलमानलाईनै पुननियुक्ति गरिएको खण्डमा धेरै सजिलो हुने मात्र हो ।

खैर यो लेख लेख्दै गर्दासम्म बिद्युत प्राधिकरणको लागि नयाँ कार्यकारी निर्देशकको नियुक्ति भई नसकेको अवस्थामा अधिकार सम्पन्न जो सुकै व्यक्ति÷निकायले अवको नियुक्ति कुलमानलाई नै कि अरु कुनै नयाँलाई भन्ने विषयमा गम्भिरपूर्वक विचार पु¥याई मात्र नियुक्ति गर्दा राम्रो होला । तर जो सुकै आएपनि नेपालमा अब लोड सेडिङ्गको तालिका आउनु भएन । र अन्तमा कुलमानजी लाई अर्को एक कार्यकालको लागि पुनर्नियुक्ति गरियो भने जस्ले ग¥यो उसको पनि जनताले उचित मुल्याङ्कन त गर्ने नै छन् ।