आज ११७२ कोरोना संक्रमित थपिए

२०७७ असोज ७ बुधवार
Newsdesk Shikharnews

काठमाडौं, ७ असोज । नेपालमा कोरोना भाइरसका आज ११ सय ७२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६७ हजार ८ सय ४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । आज १८९३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।