उपत्यकामा एकैदिन ६३७ जनामा कोरोना संक्रमण

२०७७ असोज ७ बुधवार
Newsdesk Shikharnews

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय ७२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ३७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ९ हजार ४ सय ४९ जनाको पिसीआर परिक्षणमा ११ सय ७२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १८९३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४९ हजार ९ सय ५४ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ४९२ जना र ललितपुरका ५० जना र भक्तपुरका ९५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६७ हजार ८ सय ४ पुगेको छ ।