महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा

२०७७ असोज १६ शुक्रवार
Newsdesk Shikharnews

काठमाडौं, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महिला सल्लाहकारमा कोरोना देखिएपछि फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन् ।

ट्रम्पका सहयोगी होप हिक्सलाई बिहिबार कोरोना पुष्टि भएको सीएनएनले उल्लेख गरेको छ । विहिबार राती एक ट्विट सार्वजनिक गर्दै ट्रम्पले ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन् । उनलाई हालै कोरोनाको संक्रमण देखिएको छ । फर्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं । अहिलेको अवस्थामा हामी क्वारेन्टिन प्रक्रिया सुरु गर्छौं ।’ उल्लेख गरेका छन् ।अमेरिकामा कोरोना संक्रमण बढ्दै गएका बेला ट्रम्प मास्क समेत नलगाउने अडानमा रहेका थिए । उनले मास्क लगाउन आनाकानी गर्दै उनले अमेरिकामा लकडाउन समेत नगर्ने बताउँदै आएका थिए ।

पछि विभिन्न स्रोतले दिएको सुझावको अधारमा भिडभाड भएको क्षेत्रमा उनले मास्क लगाउन तयार भएका थिए । अहिले उनले कोरोना परिक्षणसमेत गरेका छन् तर, परिक्षणको रिपोर्ट भने सार्वजनिक भएको छैन् ।