बैंकको ऋण तिर्नबाट बच्न यी महिलाले यति सम्म गरिन्

२०७७ असोज २५ आइतवार
Newsdesk Shikharnews

सामान्यतया ऋणबाट बच्नको लागि मानिसले कतै गएर लुकेको थाहा पाएका छौ, वा ऋणीबाट केही टाढा जान्छन् । तर चीनको संघाईमा ऋण बाट बच्न एक महिलाले यस्तो गरेकी छिन्, जसलाई सुनेर हैरान हुनु हुनेछ । चीनको वुहानमा बस्ने एक महिलाले ऋणबाट बच्न र प्रहरीबाट जोगिन अनुहारमा प्लास्टिक सर्जरी गरेकी छिन् । जसको कारण मानिसको साथमा प्रहरी पनि हैरान भएको छ ।

वास्तवमा संघाईको वुहानमा महिलाको २५ मिलियन युआन अर्थात ३.७१ मिलियन डलर ऋण थियो । एक स्थानिय अदालतले महिलालाई ऋण तिर्न आदेश जारी गरेको थियो । यसैबीचमा ऋण फिर्ता नगर्न अनुहारमा प्लास्टिक सर्जरी गराएर वुहान छाडेर शेन्जेन गएकी हुन् ।

उनी शहरै छाडेर गएको प्रहरीले थाहा पायो र समात्यो । प्रहरीको अनुसार उनको उमेर ५९ वर्षको भएको छ । ३० वर्षदेखि वुहानमा देखिएकी थिइन् । तर पछि अनुहारमा प्लास्टिक सर्जरी गरेपछि अलग देखिएकोले प्रहरीलाई महिलाको वास्तविक पहिचान गर्न गाह्रो भएको थियो ।

ती महिलाले आफ्नो बैंक कार्डको प्रयोग गरेर सर्जरी गरेकी थिइन् । चीनमा कर्जा नतिर्ने सख्या बढेकोले सरकारले नै ऋण तिराउने अभियान चलाएको छ । ऋण नतिर्ने १८६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । एजेन्सी