उपत्यकामा थप १५ सय ३५ जना कोरोना संक्रमित

२०७७ कात्तिक ९ आइतवार
Newsdesk Shikharnews

काठमाडौं, ९ कात्तिक । काठमाडौं उपत्यकाभित्र बितेको २४ घन्टाभित्र १५ सय ३५ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाभित्र ६ सय २९ महिला र ९ सय ६ पुरुष संक्रमित थपिएका हुन् ।

उपत्यकामा कुल २३ हजार ७ सय ५० जना सक्रिय संक्रमित छन् । यो कुल संक्रमितको आधा भन्दा बढी संख्या हो । देशमा हाल ४५ हजार ५ सय ७२ जना सक्रिय कोरोना संक्रमित छन् ।

उपत्यकाभित्र काठमाडौंमा १९ हजार ८ सय २६, ललितपुरमा १४ सय ९४ र भक्तपुरमा २४ सय ३० सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा हालसम्म ३ सय तीन जना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौंमा एक सय ९३, भक्तपुरमा ५६ र ललितपुरमा ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।