सरकार सुत्या छ

२०७७ कात्तिक १५ शनिवार
Newsdesk Shikharnews

बिजय तिमिल्सिना
विश्वव्यापी कोरोना महामारीले दश महिना देखी चपेटामा परेका मुलुक र नागरिकको अवस्था साँचै भनौ भने सिथल छ । तपाईं,केही मन्त्री,नेता,व्यापारी,महामारिमा लुट मचाउने अत्याचारीलाई समेत हैरान छ । हैरानी के को हो भन्ने आ-आफुले आ-आफ्नो कर्मको मर्म अनुसार अहः मम भन्नुहोला ।

थेप्ची मेरी प्यारीको दसैं पछीको शहर र व्यवसाय कस्तो रहला भन्ने अनुमान यस्तो छ । थेप्ची भन्छे,सदाझै दसैं पछी शहर बिस्तारि फेरी भरिने छ । केही दिन सुनसानीयको राजाधानीहरु फेरी भिडभाड हुनेछ । आ(आफ्ना गाउँ घर पुगेका मानिस बिस्तारै आ-आफ्नो कर्म क्षेत्र तिर फर्कने छन भन्ने आशा मात्रै हुने हो कि भन्न सकिन्न । सरकारी जागिरेका त दिन खासै बिग्रेको नहोला । प्राइभेट जागिरे हालतमा छन । साना व्यवसायी त लगभाग डुब्ने अवस्थामा पुगिसके भने ठुला ठुला व्यवसाय पनि धरपमा नपर्लान भन्न सकिन्न । जिनतेन  रेमिटेन्सले टिकेको हाम्रो जस्तो राज्यलाई बैदेशिक रोजगारी पनि खोसियो भने हालत पत्ला हुने निस्चित छ । विद्यार्थीको भविष्य इन्टरनेटले कोर्दैछ त्यो पनि पहुचको आधारमा ।

एउटा भाईरस सँग पुरै विश्व हारिरहेको अवस्थामा पनि मानवता भने शुन्य प्रायः छ । मै खाउ मै लाउ सुख सहेर मै गरु भन्ने बिचरालाई चाँही अझै पनि यो भाईरसले हराउन सकेको छैन । संसारकै मनिस अझै त्राइमाममा छन,अझै कती रहनु पर्ने हो ? लाखौं मानिसले महामरिको शिकार हुनुप¥यो ज्यान गयो धन गयो तर बिचरा उस्तै छ,पिंडा उस्तै छ । गछ्य अनुसार गर्जो टार्ने या थुपार्ने फरक यती नै थियो छ र कायम रहन्छ भन्ने चुरो कुरोलाई यो भारसले डग्मगाउन दियको छैन ।

धान मासेर भाडा फलाउनेलाई पनि अब यो शहर कस्टकर बन्दैछ । डेरावालहरु कती गाउँ पसिसके अब फर्किने निस्चित छैन फर्किहाले पनि तानाबान भन्दा डेराभाडाको मुल्य चर्को पर्ने अवस्थामा नयाँ घरभेटी सँग साईनो गाँस्ने छन । हजारौ भाडा पर्ने सटर बन्द हुने छन । बिना धितोमा चर्को व्याज असुल्न खोज्ने व्यक्ती,सहकारीको जिण हुनेछन । कयौ चेक बाउन्सका मुद्दा अदालतमा दर्ता हुनेछन । बैंकका लीलामीले पत्रपत्रीका भरिनेछ्न । सानो लगानिका स्कुल,कलेजका मर्जमा जालान कि बन्द होलान ? पार्टी प्यालेस, सभा हल, सिनेमा घरमा मुसा पनि भोकै होलान । ५/१० लाख लगानी गरेर खुलेका मेडिकल र किराना बाहेकका पसल टिक्लान कि के गर्लान ? निर्माण घट्ने छ । उत्पादन घट्ने छ । अनी रोजगारी गुम्ने छ । थेप्ची अनुमान लाउछे ।

भ्रमण वर्ष रद्द गरेको सरकारले छिट्टै कृषि वर्षको घोषणा किन गर्दैन ? खेतिपाती हुने उर्वर जमिन घर जग्गा माफियाको कब्जामा पर्न बाट किन जोगाउदैन ? राज्यलाई स्वालम्बन बनाउन सरकार सँग ठोस कदम भएर पनि किन दलाल गर्छ । देश र जनताको उन्नतीका लागि भन्दा पनि सरकार आफु टिक्न र आफु र आफ्नालाई कमाई दिन मात्रै तल्लिन छ । हजार बाट सम्क्रमित लाख पुग्न थाले हजारौले कोरोनाका कारण ज्यान गुमाय र पनि सरकार मस्त निन्दारमा छ । मन्त्रीका घरमा पहुना आकै छन । आजको एउटा कार्टुन सान्दर्भिक थियो रवि मिश्रको अस्पातलमा बेड छैन सबै प्याक छन । सरकार सुत्या छ ।