विश्वभर दैनिक छ लाखभन्दा बढी कोरोना संक्रमित थपिदै

२०७७ मंसिर ५ शुक्रवार
Newsdesk Shikharnews

बितेको २४ घन्टाभित्र विश्वभर झण्डै सात लाख कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ५ लाख ७२ हजार ३९ हजारलाई कोरोना संक्रमित भइसकेको छ ।

बिहिबार कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ६५ लाख थियो । बितेको २४ घन्टाभित्र ११ हजारको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार १३ लाख ६५ हजार ६ सय ९५ को मृत्यु भएको छ । विश्वभर ३ करोड ९७ लाख कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । एक करोड ६१ सक्रिय संक्रमित छन् ।

अमेरिकामा एकै दिन २ लाखभन्दा बढी संक्रमित संख्या थपिएको छ । विश्वमा सबैभन्दा बढी अमेरिकामा एक करोड २० लाख ७० हजार कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५८ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९० लाखसंक्रमितमध्ये एक लाख ३२ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५९ लाख ८३ हजार संक्रमितमध्ये एक लाख ६८ हजारको मृत्यु भएको छ ।
यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २० लाख ८६ हजार संक्रमित संख्यामध्ये ४७ हजारको मृत्यु भइसकेको छ । त्यहाँ लकडाउन छ ।

रुसमा २० संक्रमितमध्ये ३४ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ७४ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १४ लाख कोरोना संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ । इटालीमा १३ लाख संक्रमितमध्ये ४७ हजारको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख १५ हजार २० जना कोरोना संक्रमितमध्ये १२ सय ७६ को मृत्यु भएको छ ।