कागले धुम मच्चाएपछि फेसबुकमा एकैछिनमा २२ हजार फलोअर

२०७७ मंसिर ८ सोमवार
Newsdesk Shikharnews

काग एक समझदार पक्षी हो । सामाजिक सञ्जालमा एक कागले धुम मच्चाएको छ । यो कागको नामबाट फेसबुक खोलेकोमा तिव्ररुपमा फलोअर्सको सख्या ह्वात्तै बढेको छ । वास्तवमा कागको समझदारीले सबै मानिसहरु प्रभावित भएका हुन् । फलोअर्सको सख्या २२ हजार पुगेको छ ।

वास्तवमा एकदिन घटनास्थलमा प्रहरी पुग्यो, जहाँ दुवैपक्षबीच भनाभन भईरहेको थियो । कारको नजिक मानिसहरुले चक्कु समातेर बेसेका थिए । प्रहरी त्यहाँ पुग्यो र हातमा चक्कु भएका मानिसहरुलाई चक्कु सहित पक्राउ ग¥यो । चक्कु र पुरुषहरुलाई प्रहरीले समातेर गाडीको नजिक लैजाँदै थियो, अचानक आकाशमा उडिरहेको एउटा कानुक नामको काग आयो र प्रहरीको हातबाट चक्कु चुच्चोमा दबाएर उड्यो ।

प्रहरीले हतियार छुटाउन कागको टाढासम्म पछि लागेपनि उसको प्रयास सफल हुन सकेन । कागले यस्तो गरेको थाहा पाएर धेरै मानिसहरु प्रभावित भएका छन् । एकैछिनमा कानुक नामको फेसबुकमा धेरै फलोअर्स भएका हुन्, जो कसैलाइृ यति धेरै फलोअर्स बनाउँन समय धेरै लाग्छ । हाल कानुकलाई सामाजिक सञ्जालमा सबैले मन पराइरहेका छन् र सर्च गरिरहेका छन् । एजेन्सी