हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार

२०७७ मंसिर ९ मंगलवार
Newsdesk Shikharnews

हिमालयन शेर्पा साँस्कृतिक केन्द्र बेल्जियम गठन गरेको छ। देन्दी लामा शेर्पाको अध्यक्षतामा २७सदस्यीय कार्य समिति चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा लाक्पा लामा शेर्पा, उपाध्यक्ष द्वय जान्ग्मु शेर्पा र काजि शेर्पा, महासचिवमा याङ्ग्डि शेर्पा,सचिव द्वय दाजंग्मु शेर्पा र कान्छा शेर्पा, कोषाध्यक्षमा लाक्पा शेर्पा,सहकोषाध्यक्षमा निमा शेर्पा र सदस्यहरुमा देण्डि शेर्पा, छिरिङ्ग्डोमा शेर्पा, जेबी शेर्पा,यनग्डी लामा शेर्पा, गेल्जेन शेर्पा, पासाङ्गफुटी शेर्पा, लाक्पा शेर्पा,दिकु शेर्पा, पासाङ्ग शेर्पा, आङ्ग माया शेर्पा, फुर्वा शेर्पा, आङ्ग कान्डि शेर्पा,दावा फिन्जो शेर्पा, रिन्जी पासांग शेर्पा, गेलु शेर्पा, आङ्ग्बाबु शेर्पा,मिङ्ग्मार छिरिङ्ग शेर्पा र गोम्बु शेर्पा छन। त्यस्तै संरक्षक सदस्यमा पी जी शेर्पा,सल्लाहकारहरुमा पी डि शेर्पा, वाङ्ग्गेल लामा र देण्डि लामा शेर्पा रहेका छन्।

विभिन्न्न काम र शीलशीलामा युरोपियन देश बेल्जियम पुगेका र बसोबास रहेका शेर्पाहरुको भाषा, धर्म, कला सस्कृति जोगाइ राख्न उक्त सांस्कृतिक केन्द्र गठन गरेको छ।

शेर्पा समुदायको संस्कृति रितीरिवाज धर्म भाषा भेष आफ्नो मौलिकतालाई जोगाउने साथै बेल्जियम नेपाल बीचको धर्म संस्कृति लाई परस्पर रूपमा हेर्न र देखाउनका साथै निकट भबिष्यामा यो संस्थाले आफ्नो मौलिक संस्कृति झल्कने बिभिन्न कार्यक्रमहरू गर्नुका साथै बेल्जीयम स्थित नेपाली दुतवास र बेल्जीयममा रहेका सबै संघ संस्थाहरूसंग हातेमालो गर्दै अगाडि बढ्ने योजना रहेको अध्यक्ष देण्डि बताउँछन्।

“जहाँसुकै रहे पनि हामी शेर्पा, जुनसुकै देशको नागरिक भएपनि हाम्रो शेर्पा” भन्ने नाराका साथ अन्तरास्ट्रिय शाखाहरु विस्तारको थालनी गरेको र स्थापना कालदेखि नै शेर्पाहरुको विशिष्ठा पहिचानलाई विकसित एवं परिस्कृत गराउंदै रास्ट्रिय र अन्तरास्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरु समेत गर्दै आइरहेको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ्ग शेर्पा बताउँछन्।