‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई

२०७७ मंसिर ११ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं, ११ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदत्याग गर्न र प्रायश्चित गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले प्रधानमन्त्रीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्टिय जगत समेतको भ्रष्टाचारसम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुने बताएका हुन् ।

नयाँ पत्रिका दैनिकको ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’ शीर्षकको समाचार सेयर गर्दै डा. भट्टराईले आफ्नो धारणा राखेका हुन ।

छन्, @kpsharmaoli नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ।अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न हैः१शासकीय स्वरूप२निर्वाचन प्रणाली३जनलोकपाल४आर्थिक विकास।”