१६० भन्दा धेरै सर्पले टोक्दा पनि कुनै असर नहुने यी व्यक्ति

२०७७ मंसिर ११ बिहीवार
Newsdesk Shikharnews

हामीले सर्पसँग खेल्ने मानिसहरु धेरै देखेका छौ । तर, आज हामी दुनियाँका एक यस्ता व्यक्तिको बारेमा बताउँन जादैँछौ जो सर्पसँग खेल्ने मात्र नभएर आफैले पनि टोकाउने गर्छन् । यी व्यक्तिलाई सर्पले जति पटक टोकेपनि कुनै असर गर्दैन् ।

यी व्यक्तिको नाम विसकानसिन नेटिव हो र उनको उमेर ३७ वर्षको भयो । नेटिवलाई पछिल्लो १६ वर्षदेखि करीब १६० सर्पले टोकिसकेका छन्, तैपनि उनी स्वस्थ छन् । नेटिव एक शौकिया वैज्ञानिक हुन् र उनले आफ्नो शरीरमा यस प्रकारको इम्युन सिस्टम विकास गरेर सर्पदंशबाट शरीरमा कुनै हानी गर्दैन भन्ने प्रमाणित गर्न चाहान्छन् ।

उनले एक प्रकारको भ्याक्सीन तयार गर्न खोजिरहेका छन्, जसबाट सर्पदंशको सिकार भएका व्यक्तिमाथि सर्पको विषको कुनै असर पर्न नसकोस् । यही भ्याक्सिन तयार गर्नको लागि उनले आफ्नो शरीरमा सर्पलाई डस्न लगाएर अनुसन्धान गर्दै आएका छन् । भर्खरै मात्र नेटिवले ब्लेक माम्बा र टाइपेन नामका प्रजातिका २ सर्पलाई डस्न लगाएका थिए । यद्यपि उनले काम गरिरहेका छन् ।

जानकारीका अनुसार यी २ सर्प विश्वकै सबैभन्दा विषालु सर्प हुन् । नेटिवले सर्पले टोक्दा आफुलाई नदुख्ने भन्दै सर्पले टोकेको निशाना भने छाड्ने बताउँछन् । यो काम गर्नु सजिलो भने छैन् । जो कसैले गर्न सक्दैन् । सर्पको विषको असर बन्द गर्नकै लागि आफ्नो जीवन नै धरापमा राखेका छन् । एजेन्सी