२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज

२०७७ मंसिर १६ मंगलवार
Newsdesk Shikharnews

नेपालमा कोरोना भाइरसका आज १३ सय ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ७३ संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।