सर्जुन राईको गीत ‘दैलो’ म्यूजिक भिडियो सहित सार्वजनिक

२०७७ पुस २५ शनिवार
Newsdesk Shikharnews

गायक सर्जुन राईको स्वर रहेको ‘दैलो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सर्जुनलाई गायिका सानु तामाङले युगल स्वरमा साथ दिएकी छन् । गीतमा विश्वराज राईको शव्द तथा संगीत रहेको छ । गीतको मास्टरिङ र मिक्सिङ रोमन बज्राचार्यले गरेका छन् । लोकपप शैलीमा रहेको गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा सीता राई, रुपेश राई र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

खोटाङका रमणीय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे, नुनथला, अर्खौले, जयरामघाट लगायतका स्थान भिडियोमा समेटिएको छ । भिडियोको निर्देशन तथा छायांकन अनिल के मानन्धरले गरेका हुन् । भिडियोमा निर्देशक मानन्धरले बिहे गरेर लाहुर गएको पतिले आफ्नो श्रीमतीलाई व्यक्त गर्ने माया र श्रीमान कुरेर बस्ने श्रीमतीको भाव व्यक्त गरिएको छ ।